Tuesday, August 11, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

जनमतका वरिष्ठ उपाध्यक्षसहित ६ जनाको राजीनामा : नेतृत्वले अहङ्कार देखाएको गुनासो

चराचर खबर by चराचर खबर
September 18, 2025
in समाचार
0
जनमतका वरिष्ठ उपाध्यक्षसहित ६ जनाको राजीनामा : नेतृत्वले अहङ्कार देखाएको गुनासो
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ – जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खानसहित छ जनाले सामूहिक राजीनामा दिनुभएको छ । नेतृत्व परिवर्तनको माग पूरा नभएको भन्दै पार्टीका उपाध्यक्ष खान, केन्द्रीय प्रवक्ता डा. शरदसिंह यादव, केन्द्रीय संयोजक कुमार यादव, सिके सिंह, वरिष्ठ प्रदेश इञ्चार्ज (सुदूरपश्चिम प्रदेश) राजाराम चौधरी र केन्द्रीय सदस्य विक्रमबहादुर बमले सामूहिक राजीनामा दिनुभएको हो ।

उहाँहरुले हिजो पार्टी अध्यक्ष डा. चन्द्रकान्त राउत र सङ्गठन विभाग डा. जयकान्त राउतको २४ घण्टाभित्र स्वेच्छिक राजीनामाको माग गर्नुभएको थियो । माग पूरा नभएपछि पार्टीको साधारण सदस्यसमेत नरहने गरी सामूहिक राजीनामा दिएको प्रवक्ता यादवले जानकारी दिनुभयो ।

संयुक्त राजिनामापत्रमा देशको विषम परिस्थितिमा पार्टीको प्रमुख नेतृत्वलाई आत्मआलोचना गरी नेतृत्व परिवर्तनको निम्ति अल्टिमेटम दिदा अपहेलना गरी अङ्हकारको भाषामा आफ्नो आधिकारीक फेसबुकमार्फत धारणा सार्वजनिक गरेकाले आजैको मितिदेखि साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट राजीनामा दिएको उल्लेख छ ।

यसैबीच मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहलाई कारबाही गर्न संसदीय दलले पार्टीमा सिफारिस गरेको छ । अनुशासन पालना नगरेकोले कारबाही गर्न आज पार्टीमा सिफारिस गरेको जनमत पार्टीको मधेश प्रदेश संसदीय दलका नेता महे प्रसाद यादवले जानकारी दिनुभयो ।

जेन जी आन्दोलनको दोस्रो दिन फेसबुकमार्फत राजिनामा घोषणा गरेका मुख्यमन्त्री सिंहले औपचारिक राजीनामा नदिएको विषयमा पार्टीले २४ घण्टे स्पष्टीकरणसमेत माग गरेको थियो । सिंहले राजिनामा घोषणा गरेपनि प्रदेशसभा विघटन नभएपछि पद नछोड्ने अडान लिनुभएको छ ।

पार्टीको पत्र अनुसार जनमत पार्टीबाट वन तथा वातावरण मन्त्री रहेका सञ्जय यादव र उद्योग, वाणज्यि तथा पर्यटनमन्त्री वसन्त कुशवाहाले राजीनामा दिइसक्नुभएको छ ।

Previous Post

जिल्ला बचत संघ लि.पर्साको आयोजनामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न

Next Post

सभामुख घिमिरेले भने– ‘संसद् विघटन नगरी समाधान खोज्न सकिन्थ्यो’

चराचर खबर

चराचर खबर

Next Post
सभामुख घिमिरेले भने– ‘संसद् विघटन नगरी समाधान खोज्न सकिन्थ्यो’

सभामुख घिमिरेले भने– ‘संसद् विघटन नगरी समाधान खोज्न सकिन्थ्यो’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l