Friday, August 7, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

पदाधिकारी बैठकमा गगनले राखे नियमित महाधिवेशनको प्रस्ताव

चराचर खबर by चराचर खबर
October 9, 2025
in समाचार
0
पदाधिकारी बैठकमा गगनले राखे नियमित महाधिवेशनको प्रस्ताव
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कांग्रेसमा नियमित महाधिवेशनको कुरा उठेको छ ।

आज बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा महामन्त्री गगनकुमार थापाले नियमित महाधिवेशनको प्रस्ताव अघि सारेका हुन् ।

पार्टी कार्यालय सानेपामा पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक बसेको थियो । बैठकमा यसअघि विशेष महाधिवेशनको विषय उठाउँदै आइरहेका महामन्त्री थापाले नियमित महाधिवेशनको कुरा अघि सारेको पूर्वमहामन्त्री डा. शशांक कोइरालाले बताए ।

‘बैठकमा महामन्त्री गगन थापाले महाधिवेशन गरी प्रस्ताव ल्याउनुभएको छ,’ कोइरालाले भने ।

त्यसो त जेनजी आन्दोलनपछि महामन्त्री थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले नियमित महाधिवेशन सम्भव नभएमा विशेष महाधिवेशन गर्नुपर्ने अडान राख्दै आइरहेका थिए । साथै महामन्त्रीद्वयले विशेष महाधिवेशनका लागि देशभर हस्ताक्षर अभियान नै चलाएका छन् ।

आजको बैठकमा पार्टी सभापति शेरबहादुर देउवा भने सहभागि छैनन् । देउवा सुरक्षा चुनौतीका कारण बैठकमा नगए पनि उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा बैठक बसेको थियो ।

जेनजी आन्दोलनपछि कांग्रेसभित्र नेतृत्व परिवर्तनको आवाज उठिरहेको छ ।

कांग्रेसको १४औँ महाधिवेशन २०७८ साल मंसिरमा सम्पन्न भएको थियो । हरेक ४–४ वर्षमा महाधिवेशन गर्नुपर्ने भए पनि पार्टी विधानमा सभापतिले ६ महिना म्याद थप गर्नसक्ने प्रावधान रहेको छ ।

Previous Post

सुनको भाउले हरेक दिन किन रेकर्ड तोड्दैछ ?

Next Post

मुलुकमा राजा र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको आवश्यकता छ : लिङ्देन

चराचर खबर

चराचर खबर

Next Post
मुलुकमा राजा र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको आवश्यकता छ : लिङ्देन

मुलुकमा राजा र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको आवश्यकता छ : लिङ्देन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l