Friday, August 7, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

ट्रम्पलाई सर्वोच्च नागरिक सम्मान प्रदान गर्ने इजरायलको घोषणा

चराचर खबर by चराचर खबर
October 13, 2025
in समाचार
0
ट्रम्पलाई सर्वोच्च नागरिक सम्मान प्रदान गर्ने इजरायलको घोषणा
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘इजरायली प्रेसिडेन्सियल मेडल अफ अनर’ प्रदान गरिने भएको छ ।

इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले आफ्ना अमेरिकी समकक्षी ट्रम्पलाई गाजाबाट बन्धकहरूको रिहाइमा महत्त्वपूर्ण भूमिका खेलेको र युद्ध अन्त्यका प्रयासमा योगदान पुर्‍याएको भन्दै देशको सर्वोच्च नागरिक सम्मान ‘इजरायली प्रेसिडेन्सियल मेडल अफ अनर’ प्रदान गर्ने घोषणा गरेका हुन् ।

राष्ट्रपति हर्जोगले सोमबार आफ्नो कार्यालयमार्फत जारी गरिएको विज्ञप्तिमा भनेका छन्, ‘आफ्नो अथक र निष्ठापूर्ण प्रयासद्वारा राष्ट्रपति ट्रम्पले हाम्रा प्रियजनहरूलाई घर फर्काउन मात्र सहयोग गर्नुभएन, उहाँले सुरक्षा, सहकार्य र शान्तिपूर्ण भविष्यमा आधारित नयाँ मध्यपूर्वको युगको जग समेत बसाल्नुभएको छ ।’

हर्जोगका अनुसार यो पुरस्कार ‘आगामी महिनाहरूमा’ प्रदान गरिनेछ । अमेरिकी राष्ट्रपति ट्रम्पको हालैको इजरायल भ्रमणका क्रममा हर्जोगले उहाँलाई यसबारे औपचारिक रूपमा जानकारी गराएको बताइएको छ ।

सोमबार इजरायल र हमासबिच ट्रम्पले प्रस्ताव गरेको शान्ति योजनाको पहिलो चरणको भागस्वरूप बन्धक–कैदी आदानप्रदान प्रक्रिया आरम्भ हुने तयारी भइरहेको पनि बताइएको छ ।

ट्रम्पको २० बुँदे शान्ति योजनाले इजरायल र हमासबिच सन् २०२३ अक्टोबर ७ मा सुरु भएको र दुई वर्षभन्दा बढी समयदेखि जारी युद्धको अन्त्य गर्ने लक्ष्य लिएको छ । सो दिन प्यालेस्टिनी लडाकू समूह हमासले इजरायलमा अभूतपूर्व आक्रमण गरेको थियो । त्यसपछि निरन्तर द्वन्द्व जारी रहँदै आएको हो ।

इजरायल भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पले बन्धक परिवारका सदस्यहरूसँग भेटवार्ता गर्ने र इजरायली संसद् (नेसेट) लाई सम्बोधन गर्ने कार्यक्रम पनि तय गरिएको छ ।

राष्ट्रपति हर्जोगले भने, ‘यो सम्मान ती महान् व्यक्तित्वहरूलाई प्रदान गरिन्छ जसले इजरायल राज्य वा सम्पूर्ण मानव जातिको हितका लागि असाधारण योगदान पुर्‍याएका हुन्छन् ।’

यसअघि सन् २०१३ मा इजरायलले पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामालाई पनि यही पुरस्कार प्रदान गरेको थियो ।

Previous Post

सरकारले गर्‍यो भूमि आयोग खारेज, इलाम विपद् सङ्कटग्रस्त जिल्ला घोषणा

Next Post

इजरायली सेना फर्किएपछि गाजामा हमास र अर्को विद्राेही समूह दुग्मुशबीच झडप, २७ जनाको ज्यान गयो

चराचर खबर

चराचर खबर

Next Post
इजरायली सेना फर्किएपछि गाजामा हमास र अर्को विद्राेही समूह दुग्मुशबीच झडप, २७ जनाको ज्यान गयो

इजरायली सेना फर्किएपछि गाजामा हमास र अर्को विद्राेही समूह दुग्मुशबीच झडप, २७ जनाको ज्यान गयो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l