Friday, August 7, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

वीरगंज महानगरको फोहोर व्यवस्थापनमा ऐतिहासिक कदम : चार करोडको लगानीमा प्लान्ट निर्माण हुने

चराचर खबर by चराचर खबर
October 13, 2025
in समाचार
0
वीरगंज महानगरको फोहोर व्यवस्थापनमा ऐतिहासिक कदम : चार करोडको लगानीमा प्लान्ट निर्माण हुने
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज । वीरगंज महानगरपालिकाले फोहोरमैला व्यवस्थापनलाई दिगो, वैज्ञानिक र वातावरणमैत्री बनाउन ऐतिहासिक कदम चालेको छ। आज वीरगंज महानगरपालिका कार्यालय, जिरो वेस्ट इनिसिएटिभ नेपाल र सूर्या नेपाल प्रा.लि. बीच करिब चार करोड रुपैयाँको लगानीमा सञ्चालन हुने फोहोरमैला व्यवस्थापन तथा वातावरण संरक्षणसम्बन्धी त्रिपक्षीय सम्झौता सम्पन्न भएको हो।

सम्झौता अनुसार, महानगरको फोहोर व्यवस्थापन केन्द्र (डम्पिङ साइट) मा पूर्ण रूपमा निजी लगानीमा फोहोर प्रशोधन प्लान्ट निर्माण गरिनेछ। निर्माण कार्य सम्पन्न भएपछि उक्त प्लान्ट वीरगंज महानगरपालिकालाई हस्तान्तरण गरिनेछ। सम्झौतामा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, सूर्या नेपालका उद्योग प्रमुख सुरेश काजी श्रेष्ठ र जिरो वेस्ट इनिसिएटिभ नेपालका प्रतिनिधिले हस्ताक्षर गरेका छन्।

सम्झौता पश्चात् प्रतिक्रिया दिँदै वीरगंज महानगर प्रमुख राजेशमान सिंहले भन्नुभयो, “वीरगंजलाई फोहोरमुक्त र हरित शहर बनाउने हाम्रो दीर्घकालीन लक्ष्य हो। यो परियोजनाले प्लास्टिकजन्य फोहोर व्यवस्थापनमा नयाँ युगको सुरुवात गर्नेछ। अब फोहोरलाई समस्या होइन, स्रोतका रूपमा उपयोग गर्ने दिशामा महानगर अघि बढ्दैछ।”

महानगरले विगतदेखि नै फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राख्दै आएको छ। हाल शहरका सडक, चोक र सार्वजनिक स्थलहरू सफा राख्न सफल भएको छ। यही अभियानलाई थप सशक्त बनाउन डम्पिङ साइटमा निर्माण हुन लागेको नयाँ फोहोर प्रशोधन प्लान्टले शहरभरिबाट संकलित फोहोरबाट प्लास्टिक छुट्याएर पुनःप्रयोगमा ल्याउने र जैविक फोहोरबाट मल उत्पादन गर्ने व्यवस्था मिलाइनेछ।

महानगरका अनुसार, यो सम्झौताले फोहोर व्यवस्थापन प्रणालीमा ऐतिहासिक फड्को मार्ने, प्लास्टिकजन्य फोहोर नियन्त्रणमा सुधार ल्याउने र वातावरण संरक्षणमा स्थायी योगदान पुर्‍याउनेछ।

सूर्या नेपालका उद्योग प्रमुख सुरेश काजी महर्जनले भने, “यो परियोजना सम्पन्न भएपछि वीरगंज ‘फोहोरमुक्त, स्वच्छ र हरित शहर’ बन्ने दिशामा ठोस र दीर्घकालीन कदम अघि बढ्नेछ। हाम्रो उद्योगले सामाजिक उत्तरदायित्व अन्तर्गत यो लगानी गरेको हो। नाफामुखी व्यापारसँगै हामी समाज र वातावरण दुवैप्रति उत्तरदायी रहन चाहन्छौं।”

संभार :.jyotidainik.

Previous Post

मन्त्री घिसिङसँग नेपालका लागि कोरियाका राजदूतको शिष्टाचार भेट

Next Post

प्रदेश मुख्यमन्त्री पदमा लोसपाका सोनलको दाबी पेस

चराचर खबर

चराचर खबर

Next Post
प्रदेश मुख्यमन्त्री पदमा लोसपाका सोनलको दाबी पेस

प्रदेश मुख्यमन्त्री पदमा लोसपाका सोनलको दाबी पेस

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l