Thursday, August 6, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

विश्वकप क्रिकेट लिग–२ : नेपालले यूएईलाई दियो २ सय ३४ रनको लक्ष्य

चराचर खबर by चराचर खबर
October 30, 2025
in समाचार
0
विश्वकप क्रिकेट लिग–२ : नेपालले यूएईलाई दियो २ सय ३४ रनको लक्ष्य
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आजको खेलमा नेपालले यूएईलाई दुई सय ३४ रनको लक्ष्य दिएको छ । युएईमा टस जितेर ब्याटिङ गरेको नेपाल निर्धारित ५० ओभरमा दुई सय ३३ रनमा अलआउट भयो । नेपालका कप्तान रोहितकुमार पौडेलले शतक बनाए । उनले एक सय नौ रन बनाएका हुन् । यस्तै आसिफ शेखले ३५, आरिफ शेखले २७ र दीपेन्द्रसिंह ऐरीले २३ रन बनाए ।

यूएईका जाहिद अलीले चार, जुनैद सिद्दिकीले तीन तथा मोहम्मद रोहिद, हैदर अलीले समान एक विकेट लिए । यूएईले केहीबेरमा जवाफी ब्याटिङ गर्दैछ । नेपाल लिग–२ मा १७ खेलमा १२ अङ्कसहित सातौं स्थानमा छ भने यूएई १७ खेलमा छ अङ्कसहित पुछारमा छ ।

यो श्रृंखलामा नेपाल आफ्नो पहिलो खेलमा अमेरिकासँग पराजित भएको थियो । लिग–२ को तालिकामा अमेरिका २२ खेलमा ३२ अङ्कसहित शीर्ष स्थानमा छ । २४ खेलमा ३० अङ्कसहित स्कटल्याण्ड दोस्रो र समान खेलमा २८ अङ्कसहित नेदरल्यान्डस् तेश्रो स्थानमा छ । लिग–२ अन्तर्गत यो श्रृंखलाको आफ्नो तेश्रो खेलमा नेपालले पर्सि शनिवार अमेरिकासँग खेल्नेछ । त्यसपछि बुधवार यूएईसँग नै खेल्नेछ ।

Previous Post

वीरगन्जमा कुशवाहा मोटर्सद्वारा जापानिज इलेक्ट्रिक स्कुटरको बिक्री सुरु, आकर्षक छुट र ‘लक्की ड्रा’ योजना सहित

Next Post

खगेन्द्र सुनारलाई ५० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश

चराचर खबर

चराचर खबर

Next Post
खगेन्द्र सुनारलाई ५० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश

खगेन्द्र सुनारलाई ५० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l