पर्साका चारै क्षेत्रमा जनमत कमजोर: क्षेत्र नं. १ मा सर्राफको एकल प्रयास
वीरगञ्ज – पर्सा जिल्लाका चारै निर्वाचन क्षेत्रमा जनमत पार्टीको उपस्थिति कमजोर देखिएको राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ। संगठनात्मक संरचना कमजोर, कार्यकर्ताको न्यून सक्रियता र प्रभावशाली एजेन्डाको अभावका कारण पार्टीले अपेक्षित जनसमर्थन जुटाउन नसकेको विश्लेषण गरिएको छ।
पर्सा निर्वाचन क्षेत्र नं. १ मा जनमत पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार ओमप्रकाश सर्राफले घरदैलो अभियानलाई निरन्तरता दिँदै चुनावी प्रचारलाई तीव्र बनाउने प्रयास गरिरहेका छन्। तर, सीमित कार्यकर्ता र न्यून जनसहभागिताका कारण अभियान प्रभावकारी बन्न नसकेको स्थानीयहरूको भनाइ छ।
घरदैलोका क्रममा सर्राफले आफ्ना एजेन्डा प्रस्तुत गरिरहेका भए पनि मतदातामा खासै उत्साह नदेखिएको बताइन्छ। अन्य ठूला दलका उम्मेदवारहरूको तुलनामा जनमत पार्टीको प्रचारप्रसार कमजोर र छरिएको देखिएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार पर्सामा बलियो संगठन र स्पष्ट रणनीति बिना जनमत पार्टीलाई प्रतिस्पर्धामा टिक्न चुनौतीपूर्ण हुने देखिन्छ। चुनाव नजिकिँदै जाँदा पार्टीले जनविश्वास जित्न ठोस योजना र प्रभावकारी अभियान आवश्यक रहेको स्थानीयको धारणा

