Tuesday, October 20, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

पर्सा प्रहरी–वीरगञ्ज हेल्थ केयरबीच दुईवर्षे स्वास्थ्य सेवा सम्झौता

चराचर खबर by चराचर खबर
September 17, 2026
in समाचार
0
पर्सा प्रहरी–वीरगञ्ज हेल्थ केयरबीच दुईवर्षे स्वास्थ्य सेवा सम्झौता
1
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

पर्सा प्रहरी–वीरगञ्ज हेल्थ केयरबीच दुईवर्षे स्वास्थ्य सेवा सम्झौता

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्सा र वीरगञ्ज हेल्थ केयर अस्पताल प्रा.लि.बीच प्रहरी कर्मचारी तथा न्यायिक हिरासतमा रहेका थुनुवालाई स्वास्थ्य सेवा उपलब्ध गराउने विषयमा दुईवर्षे सम्झौता भएको छ।

सम्झौताअनुसार प्रत्येक शुक्रबार दिउँसो २ बजेदेखि ५ बजेसम्म जिल्ला प्रहरी कार्यालय, मातहतका प्रहरी कार्यालय तथा न्यायिक हिरासतमा रहेका थुनुवा र प्रहरी कर्मचारीको निःशुल्क स्वास्थ्य परीक्षण गरिनेछ। परीक्षणका लागि अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली खटिनेछ।

थप उपचार आवश्यक देखिएका व्यक्तिलाई स्वास्थ्य बीमा बोर्डले निर्धारण गरेको दररेटअनुसार उपचार सेवा उपलब्ध गराउने व्यवस्था पनि सम्झौतामा गरिएको छ।

सम्झौतामा पर्साका प्रहरी उपरीक्षक पवन कुमार भट्टराई, प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर मल्ल तथा वीरगञ्ज हेल्थ केयरका अध्यक्ष डा. अब्दुल हैस अन्सारी र प्रमुख प्रशासनिक अधिकृत भूमिका अधिकारीले हस्ताक्षर गरेका छन्।

सम्झौता २०८२ भदौ ३१ गतेदेखि लागू भई दुई वर्षसम्म कायम रहनेछ। दुवै पक्षको सहमतिमा सम्झौता नवीकरण गर्न सकिने व्यवस्था गरिएको छ।

 

Previous Post

बीरगञ्जमाथि निरन्तर विभेद: समृद्धिको मेरुदण्डलाई सडकमै थिच्ने राज्यको सौतेनी व्यवहार

Next Post

रामानन्द प्रसाद कुर्मी : जनताको सुख–दुःखमा साथ दिने समाजसेवी

चराचर खबर

चराचर खबर

Next Post
रामानन्द प्रसाद कुर्मी : जनताको सुख–दुःखमा साथ दिने समाजसेवी

रामानन्द प्रसाद कुर्मी : जनताको सुख–दुःखमा साथ दिने समाजसेवी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l