Friday, July 31, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाद्वारा राजीनामा

चराचर खबर by चराचर खबर
August 12, 2025
in समाचार
0
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाद्वारा राजीनामा
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डाै – प्रतिनिधिसभा अन्तर्गतकाे राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिनुभएकाे छ ।

सङ्घीय निजामती सेवा विधेयकमा व्यवस्था भएको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा भएको चलखेल बाहिरिएपछि खतिवडाले आज प्रतिनिधिसभामा सम्बाेधन गर्दै राजीनामा दिनुभएकाे हाे ।

प्रतिनिधिसभामा सभापति खतिवडाले निजामती विधेयकलाई समितिबाट पारित गर्दा समितिले कर्मचारी प्रशासनको दाउपेच, शक्ति प्रदर्शन झेल्नुपरेको बताउनुभयाे । आफूले विधेयक गलत हुन नदिन प्रयास गरेको र निजामती विधेयकमा कुलिङ अफ पिरियड लागू गर्ने कार्यमा आफू नेतृत्वको समिति अन्तिमसम्म लागेको उहाँको भनाइ छ ।

खतिवडाले निजामती विधेयकमा भएको त्रुटि आफू र राज्य व्यवस्था समितिका सदस्यहरूबाट नभएको दलिल र गरिहिएर नहेर्नु आफ्नो कमजोरी रहेको स्वीकार गर्नुभयो । उहाँले भन्नुभयो, ‘राजनीतिमा निष्ठाको कमी रहेको अवस्थामा म इतिहासमा मेरो नाम दर्ज गर्न चाहन्छु । यस्ता कुरामा सबैको ध्यान पुगोस् । सङ्घीय निजामती विधेयक पारित गर्दा राज्य व्यवस्था तथा सुशासन समितिले धेरै कष्ट बेहाेर्नुपर्‍याे । विधेयकमाथिको दाउपेच र शक्ति प्रदर्शनको खेल तपाईंहरूले पनि देख्नुभयो । तिनीहरुको दबाव मैले, संसदीय समिति र सदनले पनि झेल्नु नै पर्‍याे ।’

खतिवडाले आफ्नो सभापतित्वको समयमा समितिबाट महत्त्वपूर्ण विधेयकहरू पारित गर्न सफल भएको दाबी गर्नुभयो ।

कुलिङ पिरियडको व्यवस्थामा भएको त्रुटिबारे छानबिन गर्न गठित समितिले विधेयकको अन्तिम प्रतिवेदनमा हस्ताक्षर गरेका समिति सभापति खतिवडा र समितिका सचिव सुरजकुमार दुरा जिम्मेवार रहेको निष्कर्ष निकालेको थियाे ।

यसअघि राज्य व्यवस्था समितिले सङ्घीय निजामती सेवाका कर्मचारीले राजीनामा दिएपछि तथा अवकाश पाएपछि अर्को संवैधानिक र राजनीतिक नियुक्तिका लागि २ वर्ष पर्खनुपर्ने व्यवस्थासहित विधेयक तयार पारेको थियो । तर विधेयक संसदमा पुर्‍याउँदा अर्को दफा थपेर निजामती सेवाका विशिष्ट र प्रथम श्रेणीबाहेकका कर्मचारीलाई लागू हुने भाषा प्रयोग भएको थियो ।

प्रतिनिधिसभाबाट विधेयक पारित भएपछि मात्रै कुलिङ पिरियडमा चलखेल भएको थाहा भएको थियो ।

Previous Post

क्कली भुटानी शरणार्थी प्रकरणमा साक्षी बुझ्ने आदेश

Next Post

कारागारमा कैदीबन्दीको मृत्यु भएको घटनापछि गृह तानिए सिडिओ

चराचर खबर

चराचर खबर

Next Post
कारागारमा कैदीबन्दीको मृत्यु भएको घटनापछि गृह तानिए सिडिओ

कारागारमा कैदीबन्दीको मृत्यु भएको घटनापछि गृह तानिए सिडिओ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l