Friday, August 7, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

वीरगन्जमा ७१ जनामा हैजा संक्रमण पुष्टि

चराचर खबर by चराचर खबर
August 25, 2025
in समाचार
0
वीरगन्जमा ७१ जनामा हैजा संक्रमण पुष्टि
1
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्जमा हाल सम्म ७१ जनामा हैजा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीरगन्ज महानगरपालिकामा फैलिएको हैजा संक्रमण ७१ जनामा पुष्टि भएको जनाएको छ।

मन्त्रालयले महानगरपालिकाको ११, १२, १३ र १६ वडाका १९४ जनामा झाडापखाला लागेर उपचार भइरहेको जनाएको छ। ती मध्ये २२ जनाको आइसीयू र ६ जनाको एचडीयूमा उपचार भईरहेको छ।

हैजा  पहिचान भएका व्यक्तिहरूको दिसाको नमुना संकलन गरी २२ वटा नमुना प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, जनकपुरमा तथा १० वटा नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा  परीक्षणलाई पठाएको जनाएको छ।

मन्त्रालयले हैजा फैलाउने स्रोत पहिचान गर्न ३ वटा पानीका स्रोतबाट नमूनाहरू संकलन गरी प्रयोगशालामा हैजा जीवाणु परीक्षणका लागि पठाइएको जनाएको छ।

त्यस्तै हैजा संक्रमणबाट वीरगन्जमा ३ जनाको मृत्यु भएको छ। मन्त्रालयले गर्मी  तथा वर्षायाममा विशेष गरी झाडापखाला, हैजा तथा अन्य पानीजन्य रोगहरू फैलिने भएकाले  सतर्क रहन आग्रह गरेको छ।

सरुवा रोगहरुबाट सुरक्षित रहन पिउने पानी उमालेर वा क्लोरिन प्रयोग गरी मात्र प्रयोग गर्ने, व्यक्तिगत तथा खानेकुराको सरसफाइमा विशेष ध्यान दिने, खुला स्थानमा दिसा नगर्न, चर्पीको अनिवार्य प्रयोग गर्ने, र दिसा पिसाब गरिसकेपछि र खानाखानु भन्दा अगाडि साबुन पानीले अनिवार्य हात धुन आग्रह गरेको छ।

Previous Post

रिक्सा बिग्रिएपछि सडकमै छाडेका थिए रुबीको शव, विदेशबाट ल्याएका थिए सुटकेस

Next Post

सुनचाँदीको भाउमा कीर्तिमान कायमै, सुन तोलाको २ लाख ५ हजार रुपैयाँ नाघ्यो

चराचर खबर

चराचर खबर

Next Post

सुनचाँदीको भाउमा कीर्तिमान कायमै, सुन तोलाको २ लाख ५ हजार रुपैयाँ नाघ्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l