Saturday, August 8, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

मन्त्री र मेयरलाई धम्की दिएको अभियोगमा पक्राउ परेकी किरण साहको स्वास्थ्यमा समस्या

चराचर खबर by चराचर खबर
September 3, 2025
in समाचार, समाज, सम–सामयिक, सूचना/प्रविधि
0
मन्त्री र मेयरलाई धम्की दिएको अभियोगमा पक्राउ परेकी किरण साहको स्वास्थ्यमा समस्या
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

भदौ १८ – वीरगञ्ज । नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादव र वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ परेकी किरण साहको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको छ।

२२ वर्षीया किरण साहलाई बान्ता र पेट दुख्ने गम्भीर समस्या देखिएपछि बुधबार बिहान वीरगन्जस्थित नारायणी अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिए। उनका अनुसार साहलाई भदौ १४ गते शनिबार पक्राउ गरिएको थियो।

स्वास्थ्यमा देखिएको समस्या र उपचार प्रक्रिया

डीएसपी लम्सालका अनुसार, साहले पक्राउ परेको दिनदेखि पानी बाहेक केही पनि नखाएको हुँदा उनको स्वास्थ्यमा समस्या देखिएको हो। मंगलबार साँझदेखि स्थिति गम्भीर बनेपछि उनलाई राति नै नारायणी अस्पताल लगिएको थियो। उपचारपछि केही सुधार आएपछि पुनः राति १२ बजे महिला थुनामा फर्काइएको थियो।

नारायणी अस्पतालका चिकित्सक डा. अभिनास श्रीवास्तवले किरण अत्यधिक कमजोरी अवस्थामा अस्पताल आइपुगेको र आवश्यक उपचारपछि अवस्था सामान्य बन्ने अपेक्षा गरिएको बताए।

धम्की प्रकरणको पृष्ठभूमि

बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नं. २६ स्थित सिस्वा महेशपुरकी किरण साह हाल वीरगन्ज महानगरपालिका वडा नं. १३ मुर्लीमा डेरा गरी बस्दै आइरहेकी थिइन्। घरपरिवारका सदस्यहरू झाडापखालाबाट पीडित भएपछि उनले खानेपानीको गुणस्तर र वितरणबारे चासो राख्दै मन्त्री र मेयरसँग फोन संवाद गरेकी थिइन्।

यही संवादको क्रममा उनले चर्को आवाजमा बोल्दै ज्यान मार्ने धम्की दिएको भन्दै मन्त्री प्रदीप यादवका पर्सनल असिस्टेन्ट (पीए) हरिन्द्र यादवले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दर्ता गरेका थिए। त्यसपछि प्रहरीले उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो।

किरणले आफूले कुनै आपराधिक उद्देश्यले नभई पानीको विषयमा जनप्रतिनिधिहरूसँग चर्को स्वरमा कुरा गरेको स्वीकार गरेकी छिन्। साथै, स्वास्थ्य बिग्रँदै गएको हुँदा केही पनि खान नसकेको र अस्पताल पु¥याइएपछि मात्र केही राहत महसुस भएको उनले बताएकी छन्।

Previous Post

संविधान दिवसमा एकता घोषणा गर्ने चार दलको तयारी !

Next Post

माओवादी केन्द्रको पदाधिकारी बैठक भोलि, यस्ता छन् एजेन्डा

चराचर खबर

चराचर खबर

Next Post
माओवादी केन्द्रको पदाधिकारी बैठक भोलि, यस्ता छन् एजेन्डा

माओवादी केन्द्रको पदाधिकारी बैठक भोलि, यस्ता छन् एजेन्डा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l