Saturday, August 8, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

प्रधानमन्त्री ओली आज स्वदेश फर्किंदै

चराचर खबर by चराचर खबर
September 3, 2025
in राजनीति, समाचार, सम–सामयिक, सरोकार, सूचना/प्रविधि
0
प्रधानमन्त्री ओली आज स्वदेश फर्किंदै
1
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

भदौ १८  – प्रधानमन्त्री केपी शर्मा ओली चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सहभागी भएको सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागिता जनाएर आज स्वदेश फर्किंदै हुनुहुन्छ।

प्रधानमन्त्री ओली १४ भदौमा २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको तियानजिन प्रस्थान गर्नुभएकाे थियाे।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले तियानजिनमा चीनका राष्ट्रपति सी चिनफिङसँग द्विपक्षीय भेटवार्ता गर्नुभएकाे थियाे। साथै, उनले सम्मेलनलाई सम्बोधन गर्दै नेपालको सक्रिय सहभागिता र क्षेत्रीय शान्ति, समृद्धि तथा आपसी सहयोगमा जोड दिनुभएकाे थियाे । नेपाल सन् २०१६ देखि एससीओको संवाद साझेदारको रूपमा संलग्न रहँदै आएको छ। सन् २००१ मा स्थापना भएको यो संगठन हाल विश्वकै ठूलो क्षेत्रीय संगठनमध्ये एक हो।

शिखर सम्मेलनको अवसरमा प्रधानमन्त्री ओलीले विभिन्न देशका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरे। भेटवार्ता गर्ने नेताहरूमा रूसका राष्ट्रपति भ्लादिमीर पुटिन, माल्दिभ्सका राष्ट्रपति डा.मोहमद मिज्जु, कम्बोडियाका प्रधानमन्त्री डा.सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, लाओसका प्रधानमन्त्री सोनेसाइ सिपानडोन, र भियतनामका प्रधानमन्त्री फाम मिन चिङ रहेका छन्। साथै, उनले बेइजिङमा चीनका उपराष्ट्रपति हान झेङसँग पनि भेटवार्ता गर्नुभएकाे थियाे।

प्रधानमन्त्री ओलीसँग उनकी धर्मपत्नी राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, नेकपा (एमाले) का सांसद छविलाल विश्वकर्मा तथा उच्चस्तरीय सरकारी अधिकारीहरू सहभागी थिए।

यो भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ गर्नुका साथै क्षेत्रीय तथा बहुपक्षीय सहकार्यमा नेपालको उपस्थितिलाई अझ प्रभावकारी बनाएको राजनीतिक विश्लेषकहरूले बताएका छन्।

Previous Post

माओवादी केन्द्रको पदाधिकारी बैठक भोलि, यस्ता छन् एजेन्डा

Next Post

आज पनि बढ्यो सुनको मूल्य, प्रतितोला २ लाख ८ हजार नजिक

चराचर खबर

चराचर खबर

Next Post

आज पनि बढ्यो सुनको मूल्य, प्रतितोला २ लाख ८ हजार नजिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l