Friday, August 7, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

प्रचण्ड भन्छन् – ‘माओवादी केन्द्र सक्रियताका साथ निर्वाचनमा सहभागी हुन्छ’

चराचर खबर by चराचर खबर
October 6, 2025
in समाचार
0
प्रचण्ड भन्छन् – ‘माओवादी केन्द्र सक्रियताका साथ निर्वाचनमा सहभागी हुन्छ’
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। नेकपा माओवादी केन्द्रका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले आफ्नो पार्टी सक्रियताका साथ आगामी निर्वाचनमा भाग लिने बताएका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘घोषित मितिमा निर्वाचन हुनुपर्छ र सबै राजनीतिक दल निर्वाचनमा सहभागी हुनुपर्छ । हाम्रो पार्टी सक्रियताका साथ निर्वाचनमा भाग लिन्छ र अघि बढ्छ । अन्य राजनीतिक दलहरूसँग पनि कुराकानी भइरहेको छ, केही समयपछि त्यसको परिणाम देखिनेछ ।’

दाहालले बैठकमा देशभर मनसुनजन्य विपद्ले पुर्‍याएको क्षति र अब गर्नुपर्ने कामबारे पनि छलफल भएको जानकारी दिएका छन् । उनले भने, ‘देशभर विपद्ले कहाँ-कहाँ कति क्षति भयो भन्ने जानकारी लिने काम र हामीले गर्नुपर्ने कामको विषयमा छलफल गरिएको छ । हामी कसरी अघि बढ्नुपर्छ भन्ने कुरामा हाम्रो केन्द्रीय समितिले निर्णय गरिसकेको छ ।’

माओवादी केन्द्रले आगामी निर्वाचनमा आफ्नो सक्रिय सहभागिता जनाउने संकेत गरेसँगै राजनीतिक माहोलमा यसले प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

Previous Post

वडाध्यक्ष नै दलित परिवारको घर तोडफोडमा उत्रिए, पीडितको जाहेरीपछि पक्राउ

Next Post

३२ जलविद्युत आयोजनामा बाढी-पहिरोले क्षति, १८० मेगावाट उत्पादन ठप्प

चराचर खबर

चराचर खबर

Next Post
३२ जलविद्युत आयोजनामा बाढी-पहिरोले क्षति, १८० मेगावाट उत्पादन ठप्प

३२ जलविद्युत आयोजनामा बाढी-पहिरोले क्षति, १८० मेगावाट उत्पादन ठप्प

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l