Tuesday, August 4, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

बारा प्रशासन–जेनजी बीच पथलैयामा वार्ता सुरु, ६ बुँदे माग पेश

चराचर खबर by चराचर खबर
November 21, 2025
in समाचार, समाज, सम–सामयिक, सरोकार, सूचना/प्रविधि
0
बारा प्रशासन–जेनजी बीच पथलैयामा वार्ता सुरु, ६ बुँदे माग पेश
1
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

मंसिर ५  – बारामा उत्पन्न तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै प्रशासन र जेनजी  आन्दोलनकर्ताबीच पथलैयास्थित सशस्त्र प्रहरीको प्राविधिक शिक्षालयमा वार्ता सुरु भएको छ। वार्तामा बाराका प्रमुख जिल्ला अधिकारी (सीडीओ) धर्मेन्द्रकुमार मिश्र, जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेल, जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी सन्तोष तामाङ, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान तथा नेपाली सेनाका जिल्लास्तरीय पदाधिकारीहरू सहभागी छन्।

प्रदर्शनकारीको तर्फबाट सम्राट उपाध्याय, कपील खरेललगायतका अगुवाहरू सहभागी भएका छन्। प्रशासनले सुरुआतमा वार्ताका लागि कलैयास्थित जिल्ला प्रशासन कार्यालयमा बोलाएको भए पनि प्रदर्शनकारी त्यहाँ नपुगेपछि जिल्ला सुरक्षा समितिका अधिकारीहरू स्वयं पथलैया आइपुगेका थिए।

वार्ताको क्रममा जेनजीका अगुवा सम्राट उपाध्यायले बुधबार र बिहीबारका घटनामा सुरक्षा व्यवस्थामा कमजोरी देखिएको भन्दै ६ बुँदे माग प्रस्तुत गरेका छन्। उनले बाराका प्रहरी प्रमुख एसपी सन्तोष तामाङसहित सम्बन्धित डीएसपीहरूमाथि कारबाही गरिनुपर्ने जोड दिए। साथै घाइतेको नि:शुल्क उपचार, क्षतिपूर्तिको व्यवस्था र प्रदर्शनकारीहरूको सुरक्षा सुनिश्चित गर्न प्रशासनलाई आग्रह गरियो।

जेनजीका ६ बुँदे माग यसप्रकार छन्—

१. सुरक्षा कमजोरीका कारण जिम्मेवार ठहरिने बाराका एसपी सन्तोष तामाङ, जिल्ला प्रहरी कार्यालय बारा र इलाका प्रहरी कार्यालय सिमराका डीएसपीमाथि कारबाही गर्नुपर्ने।
२. जेनजी प्रदर्शनकारी तथा सहयोगी सबैको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने।
३. जेनजीमाथि हातपात तथा दुर्व्यवहार गर्नेहरूलाई कडा कारबाही गर्नुपर्ने।
४. जेनजीमाथि आक्रमण गरेको आरोप लागेका एमाले कार्यकर्ता अरविन्द साहको टेलिफोन रेकर्ड छानबिन गर्नुपर्ने।
५. राज्यले घाइतेहरूको नि:शुल्क उपचार र उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने।
६. सुरुको जाहेरीमा नाम छुटेका एमालेका स्थानीय कार्यकर्ता नवराज बस्नेत र विशाल लामालाई पुरक जाहेरीमार्फत नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाउनुपर्ने।

वार्ता जारी रहेकाले सहमतिको दिशामा पक्षहरू कति नजिक पुगेका छन् भन्ने बारे थप जानकारी आउन बाँकी छ।

Previous Post

सन्तोष परियारले छोडे रास्वपा

Next Post

सरकारले ७ लाख थान विद्युतीय राहदानी खरिद गर्ने

चराचर खबर

चराचर खबर

Next Post
सरकारले ७ लाख थान विद्युतीय राहदानी खरिद गर्ने

सरकारले ७ लाख थान विद्युतीय राहदानी खरिद गर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l