पर्सा क्षेत्र न.१ मा जनमत पार्टीको प्रभाव बढ्दै गएको छ। वीरगञ्ज वडा नम्बर -२१ तत्वा टोल र वडा नम्बर -२३ सबैठवामा स्थानीय संग भेटघाट एवं संवाद कार्यक्रम आयोजना गरिएको थियो। यस कार्यक्रममा करिब ३० जना महिला एवं युवती जनमत पार्टीमा प्रवेश गरेका छन्। शोभा कुमारी साह, इन्द्रावती कुशवाको नेतृत्वमा २१ सदस्यीय महिला बुथ समिति गठन गरिएको छ।
जनमत पार्टीका जिल्ला अध्यक्ष तथा पर्सा-१ बाट सिफारिस गरिएका उम्मेदवार ओमप्रकाश सरार्फले अबको एक मात्र विकल्प जनमत पार्टी नै रहेको र देश ,मधेसको निकाश र बिकासको क्लियर रोड मैप जनमत पार्टी नै रहेको दावी गरे। कार्यक्रममा जनमतका नेताहरू बिध्यालाल प्रसाद, बिजय पासवान,निराजन कुशवाहा, बिषणु कुषवाहा,सहनवाज राकी, रामबाबु ठाकुर लगायतको उपस्थित रहेको थियो।

