नेकपा संयोजक पुष्पकमल दाहालले मुलुक पूर्ण रूपमा निर्वाचनमा केन्द्रित भइसकेको बताएका छन्। उनले वर्तमान सरकारले नै आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचन गराउन सक्षम रहेको जिकिर गरे। दाहालले अब मुलुकमा सर्वपक्षीय वा सर्वदलीय सरकार बन्ने सम्भावना नरहेको स्पष्ट पारे। उनले संविधान संशोधनको प्रसङ्ग कोट्याउँदै नयाँ जनादेशपछि मात्र त्यसबारे सोच्न सकिने बताए ।

