जनमत पार्टीले पर्सा क्षेत्र नम्बर-१ मा जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फलाई उम्मेदवार बनाएको छ। सरार्फ लामो समयदेखि सामाजिक राजनीतिक क्षेत्रमा सक्रिय रहि समाजसेवा र राजनीतिलाई फरक ढंगले गर्दै आएका छन्। उनी पर्सा-१ मा विकल्पको रुपमा देखिएका छन्।
सरार्फ मधेस आन्दोलनमा सक्रिय रही आन्दोलनमा युवाहरूलाई कमान्ड गरेको र पक्राउ परी मुद्दा समेत खेपेका छन्। उनले नरायणी अस्पतालको सुधार एवं बिकासको लागी निरन्तर अभियान चलाएका छन्, लोडसेडिङ विरुद्धको आन्दोलनको नेतृत्व गरेका छन्, मधेस पर्यटन प्रवर्द्धनका लागी तराई मधेसको २२ वाटै जिल्लामा भिजिट मधेसका नामले अभियान चलाउदै आएका छन्।
सरार्फले कोरोना महामारीमा फुड फर निडि अभियान सन्चालन गरेर हजारौं सहयोगापेक्षी एवं कोरोना बिरामी र कुरुवाहरु र सडक जनावरहरुलाई खाना लगायत निशुल्क एम्बुलेन्स सेवा सन्चालन गरि समाजसेवामा सक्रिय रहे। पछिल्लो वर्ष देखि वहाँ कै नेतृत्व र पहलमा लोककल्याणकारी अभियान अन्तर्गत पर्साका गाउँ गाउँमा निशुल्क आन्खा सिविरको माध्यमले दश हजार भन्दा बढीको निसुल्क अन्खा चेकजाँच र एक हजार भन्दा बढीको निशुल्क मोतिया बिन्दको अप्रेसन समेत भएको छ ।
