पत्रकार मनोज साहमाथि सामूहिक आक्रमण भएको छ। बिहान मर्निङ वाकमा निस्किएका बेला जितपुरका स्थानीय कपुरराज पुरीको नेतृत्वमा ३–४ जनाको समूहले साहमाथि कुटपिट गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। पत्रकार साहले सामाजिक सञ्जालमा प्रकाशित गरेको समाचारप्रति असन्तुष्ट समूहले आक्रमण गरेको देखिएको छ। आक्रमणका क्रममा पत्रकार साहको टाउको र आँखामा गम्भीर चोट लागेको छ।
नेपाल पत्रकार महासंघका स्थानीय प्रतिनिधि तथा सञ्चारकर्मीहरूले घटनाको कडा शब्दमा निन्दा गरेका छन्। सत्य समाचार लेखेकै कारण पत्रकारमाथि आक्रमण हुनु लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथिको ठाडो प्रहार भएको उनीहरूको भनाइ छ। दोषीमाथि तत्काल कानुनी कारबाही गर्न र पत्रकारको सुरक्षाको सुनिश्चितता गर्न उनीहरूले माग गरेका छन् ।

