बिना जयसवाल कुर्मीले पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की उम्मेदवारको रूपमा मनोनयन दर्ता गराएकी छन्। उनले नेपाललाई पुनः हिन्दु राष्ट्र बनाउने, राजतन्त्र पुनर्स्थापना गर्ने, युवाको रोजगारी, स्वास्थ्य र सुरक्षाको ग्यारेन्टी गर्ने विषयलाई आफ्नो प्रमुख एजेन्डा बनाएको बताइएको छ।
उनले जेन–जी विद्रोहपछि देशमा बढेको विदेशी चलखेल अन्त्य गर्न आवश्यक रहेको उल्लेख गर्दै नेपाललाई शान्त र समृद्ध बनाउन राप्रपालाई विजयी गराउन आग्रह गरिन्।
कुर्मीले सङ्घीयता नेपालका लागि उपयुक्त नभएको दाबी गर्दै गणतन्त्रको नाममा लुटतन्त्र चलेको आरोप लगाइन्। उनले अधुरा रहेका कामहरू प्रत्यक्ष निर्वाचित भएर पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन् ।

