Friday, July 31, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

चुनाव नजिकिँदै गर्दा फेरि उही अनुहार, उही आश्वासन पर्सा–३ मा पूर्वमन्त्री सुरेन्द्र चौधरीमाथि जनआक्रोश चुलिँदै

चराचर खबर by चराचर खबर
January 28, 2026
in Uncategorized, मनोरञ्जन, राजनीति, विचार, विश्व, समाचार, समाज, सम–सामयिक, सरोकार, सूचना/प्रविधि
0
चुनाव नजिकिँदै गर्दा फेरि उही अनुहार, उही आश्वासन  पर्सा–३ मा पूर्वमन्त्री सुरेन्द्र चौधरीमाथि जनआक्रोश चुलिँदै
3
SHARES
24
VIEWS
Share on FacebookShare on Twitter

**चुनाव नजिकिँदै गर्दा फेरि उही अनुहार, उही आश्वासन

  1. पर्सा–३ मा पूर्वमन्त्री सुरेन्द्र चौधरीमाथि जनआक्रोश चुलिँदै**

चुनावी सरगर्मी बढेसँगै पर्सा क्षेत्र नं–३ मा पूर्वमन्त्री सुरेन्द्र चौधरी फेरि सक्रिय देखिन थालेका छन्। तर उनको यो सक्रियता स्वागतभन्दा बढी विवादको केन्द्र बनेको छ। स्थानीय बासिन्दाहरूका अनुसार, वर्षौंदेखि उपेक्षित भलुवाही खोलाको पुलदेखि आधारभूत विकाससम्मका मुद्दा चुनाव आउँदासमेत उनको प्राथमिकतामा कहिल्यै परेनन्।

स्थानीयको आरोप छ—सुरेन्द्र चौधरीले चुनावअघि जनतालाई मीठा शब्द र ठूला सपना देखाएर भोट माग्ने गरे, तर सांसद र मन्त्री बन्दा ती आश्वासनहरू कागजमै सीमित भए। “भलुवाही खोलाको पुल हाम्रा लागि जीवन–मरणको सवाल हो, तर चुनावअघि एकपटक पनि सम्झनु भएन,” स्थानीय एक बासिन्दाले आक्रोश पोख्दै भने।

पर्सा–३ का विभिन्न गाउँमा विकासका नाममा ठोस उपलब्धि नदेखिएको भन्दै जनगुनासो बढ्दो छ। सडक, शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता आधारभूत आवश्यकता अझै पनि अधुरै छन्। पटक–पटक सांसद बनेका चौधरीले न त दीर्घकालीन योजना ल्याए, न त क्षेत्रको समग्र विकासका लागि प्रभावकारी पहल गरेको जनआरोप छ।

चुनावी मौसममा मात्रै जनताबीच देखिने, फोटो खिच्ने र भाषण गर्ने तर जितेपछि हराउने राजनीतिक संस्कृतिको प्रतीक बनेको आरोप पनि उनीमाथि लाग्दै आएको छ। यही कारण, यसपटक पर्सा–३ मा उनको उम्मेदवारीलाई लिएर असन्तुष्टि र विरोधका स्वर खुला रूपमा सुनिन थालेका छन्।

राजनीतिक विश्लेषकहरू भन्छन्—अब पर्सा–३ का मतदाता भावनात्मक भाषणभन्दा कामको हिसाब खोजिरहेका छन्। झुटा आश्वासन र अधुरा वाचाले अब काम नगर्ने संकेत देखिन थालेको छ। सुरेन्द्र चौधरीमाथि उठेको यो विवादले आगामी चुनावी परिणाममा कस्तो असर पार्ला, त्यो भने मतपेटिकाले नै तय गर्नेछ।

Previous Post

अनिल रुगटाबाट जनता रूष्ट

Next Post

प्रहरी संगठनका लागि ऐतिहासिक दिन : भगवानसरह सावित आईजीपी दानबहादुर कार्की

चराचर खबर

चराचर खबर

Next Post
प्रहरी संगठनका लागि ऐतिहासिक दिन :  भगवानसरह सावित आईजीपी दानबहादुर कार्की

प्रहरी संगठनका लागि ऐतिहासिक दिन : भगवानसरह सावित आईजीपी दानबहादुर कार्की

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l