Thursday, July 30, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

एकै बापका सन्तान हौँ भने सबैलाई लालपुर्जा दिन्छौँ”– कांग्रेस उम्मेदवार सुरेन्द्र चौधरीको विवादित अभिव्यक्ति

चराचर खबर by चराचर खबर
February 8, 2026
in राजनीति, विचार, समाचार, सम–सामयिक
0
एकै बापका सन्तान हौँ भने सबैलाई लालपुर्जा दिन्छौँ”– कांग्रेस उम्मेदवार सुरेन्द्र चौधरीको विवादित अभिव्यक्ति
1
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

“एकै बापका सन्तान हौँ भने सबैलाई लालपुर्जा दिन्छौँ”– कांग्रेस उम्मेदवार सुरेन्द्र चौधरीको विवादित अभिव्यक्ति

 

नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्र चौधरीले चुनावी कार्यक्रममा दिएको अभिव्यक्तिले अहिले राजनीतिक वृत्तमा नयाँ विवाद सिर्जना गरेको छ।

चुनावी क्रममा मतदाता संग भेटी चौधरीले भने, “हम एक बापके बेटा होखेम त सबके लाल पुर्जा देहम,” अर्थात् “यदि हामी एउटै बुबाका सन्तान हौँ भने सबैलाई लालपुर्जा दिनेछौँ।” उनको यो भनाइलाई लिएर सामाजिक सञ्जालदेखि स्थानीय तहसम्म विभिन्न प्रतिक्रिया आउन थालेका छन्।

भूमिहीन तथा सुकुम्बासी समस्या समाधानलाई प्राथमिकतामा राख्दै उनले यस्तो प्रतिबद्धता जनाए पनि प्रयोग गरिएको भाषाशैली र शब्द चयनलाई कतिपयले असंवेदनशील र विवादास्पद ठहर गरेका छन्। विपक्षी दलका नेताहरूले यसलाई चुनावी लोकप्रियता कमाउने भावनात्मक अभिव्यक्ति मात्र भएको टिप्पणी गरेका छन्।

यद्यपि चौधरी समर्थकहरूले भने उनको भनाइलाई जनताको हितका लागि गरिएको स्पष्ट प्रतिबद्धताका रूपमा व्याख्या गरेका छन्। उनीहरूले लामो समयदेखि लालपुर्जाविहीन नागरिकको समस्या समाधान गर्न चौधरीले आवाज उठाउँदै आएको दाबी गरेका छन्।

निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरूको भाषण र अभिव्यक्तिले राजनीतिक माहोल थप तात्दै गएको छ। चौधरीको यो भनाइ आगामी दिनमा थप बहसको विषय बन्ने देखिएको छ।

Previous Post

बालेन शाह पत्नी सबिनाको सक्रियता, झापामा मतदाता भेटघाट तीव्र

Next Post

आजपाकी उम्मेदवार रन्जु साहद्वारा रतनपुरमा घरदैलो, मतदाताबाट सकारात्मक प्रतिक्रिया

चराचर खबर

चराचर खबर

Next Post
आजपाकी उम्मेदवार रन्जु साहद्वारा रतनपुरमा घरदैलो, मतदाताबाट सकारात्मक प्रतिक्रिया

आजपाकी उम्मेदवार रन्जु साहद्वारा रतनपुरमा घरदैलो, मतदाताबाट सकारात्मक प्रतिक्रिया

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l