पर्साको पटेर्वासुगौलीमा अवैध गाँजा खेती नष्ट
पर्सा जिल्लाको पटेर्वासुगौली गाउँपालिकामा लगाइएको अवैध गाँजा खेती प्रहरीले नष्ट गरेको छ। स्थानीय सूचना र विशेष निगरानीका आधारमा खटिएको प्रहरी टोलीले करिब एक कट्ठा क्षेत्रफलमा लगाइएको गाँजा खेती फेला पारी पूर्ण रूपमा नष्ट गरेको हो।
प्रहरीका अनुसार गाँजा खेती गैरकानूनी रहेको भन्दै स्थानीयलाई सचेत गराउने उद्देश्यले समेत उक्त कारबाही गरिएको हो। गाँजा खेतीमा संलग्न व्यक्तिहरूको खोजी कार्य जारी रहेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
अवैध लागूऔषध नियन्त्रण अभियान अन्तर्गत पछिल्लो समय पर्सा जिल्लाका विभिन्न स्थानमा निगरानी बढाइएको प्रहरीले बताएको छ।

