Monday, August 3, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

पर्सा–३ मा रुपेश पाण्डेमाथि स्थानीयको अविश्वास, भरोसा योग्य नभएको आरोप

चराचर खबर by चराचर खबर
February 9, 2026
in राजनीति, समाचार
0
पर्सा–३ मा रुपेश पाण्डेमाथि स्थानीयको अविश्वास, भरोसा योग्य नभएको आरोप
2
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

पर्सा–३ मा रुपेश पाण्डेमाथि स्थानीयको अविश्वास, भरोसा योग्य नभएको आरोप

पर्सा – नेकपा एमालेबाट पर्सा निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवार रुपेश पाण्डेप्रति स्थानीय मतदाताहरूको विश्वास कमजोर हुँदै गएको पाइएको छ। विशेषगरी पोखरिया क्षेत्रका बासिन्दाहरूले पाण्डे लामो समयदेखि जिल्लाबाहिर बस्दै आएको र जनताको समस्या तथा सुख–दुःखमा कहिल्यै साथ नदिएको गम्भीर आरोप लगाएका छन्।

स्थानीयका अनुसार चुनाव नजिकिएपछि मात्र पाण्डे गाउँ–टोलमा देखा पर्ने गरेका छन्। “विगतका वर्षहरूमा उहाँ कहिल्यै जनताका बीचमा देखिनुभएन, अहिले भोट माग्न मात्र आउनुभएको छ,” एक स्थानीय अगुवाले बताए। उनीहरूले जनतासँग प्रत्यक्ष सम्पर्क नराख्ने नेतामा भरोसा गर्न कठिन हुने धारणा व्यक्त गरेका छन्।

एमालेकै केही स्थानीय नेताहरूले समेत पाण्डेप्रति खुलेर असन्तुष्टि जनाएका छन्। उनीहरूले पाण्डेमा पार्टी संगठनप्रति निष्ठा र समर्पणको कमी देखिएको भन्दै यस्तो उम्मेदवारलाई अघि सार्नु पार्टीका लागि जोखिमपूर्ण हुन सक्ने बताएका छन्।

निर्वाचनको मिति नजिकिँदै जाँदा पर्सा–३ मा उम्मेदवारप्रति बढ्दै गएको असन्तुष्टि र अविश्वासले आगामी चुनावी समीकरणलाई थप रोचक बनाउने देखिएको छ।

Previous Post

पर्साका मतदानस्थलको सुरक्षा अवस्था बुझ्न प्रजिअ दहालसहित सुरक्षा प्रमुखहरू फिल्डममा

Next Post

तस्करीविरुद्ध प्रहरी अपरेसनमा हिंसात्मक प्रतिकार: पर्सामा सशस्त्र प्रहरीमाथि आक्रमण

चराचर खबर

चराचर खबर

Next Post
तस्करीविरुद्ध प्रहरी अपरेसनमा हिंसात्मक प्रतिकार: पर्सामा सशस्त्र प्रहरीमाथि आक्रमण

तस्करीविरुद्ध प्रहरी अपरेसनमा हिंसात्मक प्रतिकार: पर्सामा सशस्त्र प्रहरीमाथि आक्रमण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l