पुराना अनुहार दोहोरिँदा पर्सामा कांग्रेसलाई चुनौती, चारै क्षेत्रमा जित सहज नहुने आँकलन
पर्सा — पर्सा जिल्लामा यस पटकको निर्वाचनमा नेपाली कांग्रेसलाई सहज जित नहुने राजनीतिक विश्लेषकहरूको आकलन छ। विगतमा पटक–पटक सांसद र मन्त्री बनिसकेका पुरानै अनुहारलाई पुनः उम्मेदवार बनाइएकाले मतदातामा उत्साह कम देखिएको बताइन्छ।
स्थानीय तहदेखि संघीय निर्वाचनसम्म एउटै नेतृत्व दोहोरिँदा नयाँ पुस्ता र परिवर्तनको अपेक्षा गरेका मतदाताहरू वैकल्पिक शक्तितर्फ आकर्षित हुन सक्ने संकेत देखिएको छ। विशेषगरी युवावर्ग र पहिलोपटक मतदान गर्ने मतदाताले नयाँ एजेन्डा र नयाँ नेतृत्व खोजिरहेको चर्चा चलिरहेको छ।
पर्साका चारै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा कडा हुने अनुमान गरिएको छ। अन्य दलका उम्मेदवारहरू पनि आक्रामक चुनावी अभियानमा लागेकाले कांग्रेसका लागि जित त्यति सहज नहुने स्थानीय राजनीतिक वृत्तको भनाइ छ।
यस पटकको निर्वाचन परिणामले पर्साको राजनीतिक धार कता मोडिन्छ भन्ने चासो सर्वत्र बढेको छ।

