सुनसरी–४ मा पैसा बाँड्दै गरेको आरोप: पूर्व सासंद सूर्यदेव उराँव प्रहरी नियन्त्रणमा
सुनसरी निर्वाचन क्षेत्र नं–४ अन्तर्गत भोक्राहा नरसिंह गाउँपालिका–४ मा मतदातालाई रकम बाँड्दै गरेको आरोपमा पूर्व संविधानसभा.सासंद उराँव र उनका सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको स्थानीय स्रोतले जनाएको छ। घटनामा संलग्न भनिएकी एक महिला भने फरार रहेको बताइएको छ।
स्थानीयका अनुसार रकम वितरण भइरहेको सूचनापछि सर्वसाधारणले उनीहरूलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए।
यद्यपि, घटनाबारे सम्बन्धित निकायले छानबिन सुरु गरेको र औपचारिक पुष्टि भने भइसकेको छैन। हाल उनीमाथि लागेको आरोप प्रमाणित भइनसकेको प्रहरीले जनाएको
