मदरसा र यतीमखानाका बालबालिकालाई नेशनल मेडिकल कलेजद्वारा कपडा वितरण
वीरगञ्ज, १ चैत्र — नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगञ्जले पर्सा र बारा जिल्लाका विभिन्न मदरसा तथा यतीमखानामा अध्ययनरत बालबालिकालाई कपडा वितरण गरेको छ। कलेजको कन्फरेन्स हलमा आयोजित कार्यक्रममा ५१४ बालबालिका, ९३ शिक्षक र ५ महिला कर्मचारी गरी कुल ६१२ जनालाई कपडा वितरण गरिएको थियो।
प्रबन्ध निर्देशक शहनवाज अन्सारी, एकेडेमिक डाइरेक्टर डा. रुबी श्रेष्ठ यशमिन तथा एडमिशन अफेयर्स तथा मार्केटिङ डाइरेक्टर अबिद हुसैन अन्सारीले कपडा हस्तान्तरण गरेका थिए। कार्यक्रममा वरिष्ठ प्रशासक विश्वनाथ कान्त, मौलाना नुरुल होदा र प्रशासन अधिकृत पप्पु सिंहलगायतको उपस्थिति रहेको थियो।
सामाजिक उत्तरदायित्व अन्तर्गत विपन्न तथा अभिभावकविहीन बालबालिकालाई सहयोग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कलेजले जनाएको छ।

