मध्यपूर्व तनाव चर्कियो: साउथ पार्स आक्रमणपछि ऊर्जा संकट गहिरिँदै
इजरायलले इरानको विश्वकै ठूलोमध्ये एक ‘साउथ पार्स’ ग्यास क्षेत्रमा आक्रमण गरेसँगै अमेरिका–इजरायल–इरानबीचको युद्ध २०औं दिनमा थप तनावग्रस्त बनेको छ।
जवाफमा इरानले कतारको रास लाफान औद्योगिक क्षेत्रमा आक्रमण गरेको छ, जसका कारण कतारको करिब १७ प्रतिशत एलएनजी उत्पादन क्षमता ३ देखि ५ वर्षसम्म प्रभावित हुने आकलन गरिएको छ। यसबाट वार्षिक करिब २० अर्ब डलर बराबरको राजस्व नोक्सानी हुने अनुमान गरिएको छ।
यसैबीच डोनाल्ड ट्रम्पले इजरायलको आक्रमणबाट अमेरिका अलग रहेको स्पष्ट पार्दै, कतारको एलएनजी संरचनामाथि पुनः आक्रमण भएमा इरानको साउथ पार्समा कडा अमेरिकी प्रतिक्रिया हुने चेतावनी दिएका छन्।

