Sunday, September 13, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

आयोगसमक्ष बालेन्द्र शाहको स्पष्टीकरण : “मेरो फेसबुकमा ‘सिंहदरबार जलाइदिन्छु’ भन्ने शब्द थिएन”

चराचर खबर by चराचर खबर
March 26, 2026
in विचार, समाचार, समाज
0
आयोगसमक्ष बालेन्द्र शाहको स्पष्टीकरण : “मेरो फेसबुकमा ‘सिंहदरबार जलाइदिन्छु’ भन्ने शब्द थिएन”
2
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

आयोगसमक्ष बालेन्द्र शाहको स्पष्टीकरण : “मेरो फेसबुकमा ‘सिंहदरबार जलाइदिन्छु’ भन्ने शब्द थिएन”

काठमाडौँ — काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले आयोगसमक्ष आफ्नो स्पष्टीकरण दिँदै सामाजिक सञ्जालमा आफूले “सिंहदरबार जलाइदिन्छु” भन्ने शब्द प्रयोग नगरेको बताएका छन्।

उनका अनुसार भदौ २३ र २४ गते आफू लैनचौरस्थित सरकारी निवासमै रहेका थिए। २३ गते भएको शान्तिपूर्ण र्‍यालीप्रति समर्थन रहे पनि आफू प्रत्यक्ष रूपमा सहभागी नभएको उनले स्पष्ट पारे। सोही दिन व्यवसायीहरूको आग्रहमा महानगर प्रहरीमार्फत पानी वितरण गरिएको पनि उनले उल्लेख गरे।

शाहका अनुसार साँझतिर अवस्था तनावग्रस्त बन्दै गएको जानकारी सञ्चार माध्यमबाट प्राप्त भएपछि उनले सामाजिक सञ्जालमार्फत संयमता अपनाउन अपिल गरेका थिए, जसले स्थिति नियन्त्रणमा सहयोग पुगेको दाबी उनले गरे।

२४ गतेको घटना दुःखद भएको बताउँदै उनले त्यसअघि अत्यधिक बल प्रयोगले अवस्था थप बिग्रिएको हुन सक्ने संकेत गरे। घटनापछि घाइते र प्रभावित परिवारलाई महानगरले समन्वय गरेर सहयोग गरेको पनि उनले जानकारी दिए।

उनले आफ्नो फेसबुक अभिव्यक्ति प्रतीकात्मक मात्र रहेको दोहोर्‍याउँदै “जलाइदिन्छु” भन्ने शब्द प्रयोग नभएको स्पष्ट पारे।

Previous Post

कार्की आयोगको प्रतिवेदन : २३ गतेको घटनामा तोकेरै कारबाही, २४ को विध्वंसको ‘कमजोर’ अनुसन्धान

Next Post

पर्साका नाकामा प्रहरीको कडाइ: तस्कर भागाभाग, सञ्जाल भत्काउने अभियान तीव्र

चराचर खबर

चराचर खबर

Next Post
पर्साका नाकामा प्रहरीको कडाइ: तस्कर भागाभाग, सञ्जाल भत्काउने अभियान तीव्र

पर्साका नाकामा प्रहरीको कडाइ: तस्कर भागाभाग, सञ्जाल भत्काउने अभियान तीव्र

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l