Monday, September 14, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

बिकन माध्यमिक विद्यालयको एसईईमा शतप्रतिशत सफलता, विद्यालयमा उत्सवको माहोल

चराचर खबर by चराचर खबर
May 12, 2026
in विचार, विश्व, समाचार
0
बिकन माध्यमिक विद्यालयको एसईईमा शतप्रतिशत सफलता, विद्यालयमा उत्सवको माहोल
1
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

बिकन माध्यमिक विद्यालयको एसईईमा शतप्रतिशत सफलता, विद्यालयमा उत्सवको माहोल

अभिलाष गुप्ता

वीरगञ्ज, २९ वैशाख

वीरगञ्ज–४ भगवतीटोलस्थित बिकन माध्यमिक विद्यालयले एसईई २०८२ मा शतप्रतिशत नतिजा हासिल गर्दै उत्कृष्ट सफलता प्राप्त गरेको छ। विद्यालयका सबै विद्यार्थी उत्तीर्ण भएपछि विद्यालय परिवारमा खुसीको माहोल छाएको हो।

विद्यालयका अनुसार २ जना विद्यार्थीले A+ , १० जनाले A, ६ जनाले B+ तथा ३ जनाले B ग्रेड प्राप्त गरेका छन्। उत्कृष्ट नतिजासँगै विद्यालयले शैक्षिक गुणस्तर कायम राख्न सफल भएको जनाएको छ।

नतिजापछि विद्यालयका सञ्चालक प्रकाश उपाध्याय, मुना खनाल, प्रिन्सिपल जय दनुवार तथा शिक्षकहरूले विद्यार्थीलाई बधाई दिँदै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका छन्।

उपलब्धिको खुसीमा विद्यालयमा मिठाई तथा चकलेट वितरण गरी उत्सवसमेत मनाइएको थियो। विद्यालय प्रशासनले विद्यार्थीको मेहनत, शिक्षकको मार्गदर्शन र अभिभावकको सहयोगले सफलता सम्भव भएको जनाएको छ।

Previous Post

दीप नारायण विद्यालयमा निःशुल्क आँखा शिविर, ५ सयभन्दा बढी लाभान्वित

Next Post

जीतपुरसिमरा उपमहानगरपालिकाको ३ नम्बर पुल क्षेत्रमा डोजर, ३३ घर हटाउने तयारी

चराचर खबर

चराचर खबर

Next Post
जीतपुरसिमरा उपमहानगरपालिकाको ३ नम्बर पुल क्षेत्रमा डोजर, ३३ घर हटाउने तयारी

जीतपुरसिमरा उपमहानगरपालिकाको ३ नम्बर पुल क्षेत्रमा डोजर, ३३ घर हटाउने तयारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l