सुस्तामा भारतीय सुरक्षाकर्मी प्रवेश प्रकरण : सरकारले कूटनीतिक पहल गर्ने
काठमाडौं । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी प्रवेश गरेको विषयमा सरकारले आवश्यक कूटनीतिक कदम चाल्ने जनाएको छ।
शुक्रबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले परराष्ट्र मन्त्रालयमार्फत भारतसँग कूटनीतिक संवाद र वार्ता प्रक्रिया अगाडि बढाइने बताए।
उनका अनुसार सुस्ता क्षेत्रको समस्या नयाँ नभई वर्षौंदेखि देखिँदै आएको विषय हो। सरकारले नेपाली भूमिको संरक्षण तथा त्यहाँ बसोबास गर्ने नागरिकको हितलाई ध्यानमा राख्दै आवश्यक पहल गर्ने जनाएको छ।

