Friday, October 30, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

प्रहरी संगठनभित्रै एकताको बहस चर्कियो, प्रधानमन्त्रीलाई सामूहिक भेट्ने प्रस्तावसमेत

चराचर खबर by चराचर खबर
October 30, 2026
in समाचार
0
प्रहरी संगठनभित्रै एकताको बहस चर्कियो, प्रधानमन्त्रीलाई सामूहिक भेट्ने प्रस्तावसमेत
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

प्रहरी संगठनभित्रै एकताको बहस चर्कियो, प्रधानमन्त्रीलाई सामूहिक भेट्ने प्रस्तावसमेत

काठमाडौं । नेपाल प्रहरीको प्रधान कार्यालयमा बसेको लामो पीसीसी (पोलिसी कोअर्डिनेसन कमिटी) बैठकमा प्रहरी संगठनभित्रको एकता, अनुशासन र नेतृत्वमाथि भइरहेका आलोचनाबारे गम्भीर छलफल भएको छ।

बिहीबार बसेको पाँच घण्टाभन्दा लामो बैठकमा प्रहरी नेतृत्वविरुद्ध भइरहेका गतिविधि, संगठनभित्रैबाट भइरहेको भनिएको मिडिया ट्रायल तथा प्रहरीको संस्थागत एकताका विषयमा सहभागी अधिकारीहरूले आ–आफ्नो धारणा राखेका थिए।

बैठकमा प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र सरकारबीच सम्बन्ध राम्रो नरहेको तथा राजीनामाका लागि दबाब दिइएको भन्ने समाचार सार्वजनिक भएपछि त्यसबारे समेत चर्चा भएको बताइएको छ।

संगठनको नेतृत्वमाथि संकट उत्पन्न भए सबै प्रहरी अधिकारी एकजुट हुनुपर्ने भन्दै आवश्यक परे सामूहिक रूपमा प्रधानमन्त्रीलाई भेट्न जाने प्रस्तावसमेत बैठकमा उठेको एक सहभागी अधिकारीले बताएका छन्।

यसैबीच, निर्वाचन प्रहरीको पोशाक खरिदमा अनियमितता भएको आरोप, अख्तियारमा परेको उजुरी र संसदीय समितिमा भइरहेको छानबिनले प्रहरी नेतृत्व थप दबाबमा परेको छ। यद्यपि, नेपाल प्रहरीले पोशाक खरिदमा कुनै अनियमितता नभएको दाबी गर्दै आएको छ।

संगठनभित्रको विवाद र नेतृत्वमाथि उठेका प्रश्नका बीच बसेको पीसीसी बैठकलाई प्रहरी वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।

Previous Post

रास्वपा सांसद रामाकान्त चौरसियासँग नाम जोडिएको भलुवाही खोला ठेक्का, १८ वर्षदेखि काम अधुरो रहेको गुनासो

Next Post

३१ वर्षीय इनम सापकोटाको पहुँचमाथि प्रश्न : न्यायालयदेखि राजनीतिक शक्तिकेन्द्रसम्म सम्पर्क रहेको दाबी

चराचर खबर

चराचर खबर

Next Post
३१ वर्षीय इनम सापकोटाको पहुँचमाथि प्रश्न : न्यायालयदेखि राजनीतिक शक्तिकेन्द्रसम्म सम्पर्क रहेको दाबी

३१ वर्षीय इनम सापकोटाको पहुँचमाथि प्रश्न : न्यायालयदेखि राजनीतिक शक्तिकेन्द्रसम्म सम्पर्क रहेको दाबी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l