Friday, August 7, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

वडाध्यक्ष नै दलित परिवारको घर तोडफोडमा उत्रिए, पीडितको जाहेरीपछि पक्राउ

चराचर खबर by चराचर खबर
October 6, 2025
in समाचार
0
वडाध्यक्ष नै दलित परिवारको घर तोडफोडमा उत्रिए, पीडितको जाहेरीपछि पक्राउ
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सिराहाको कल्याणपुर नगरपालिका-८ का वडाध्यक्ष रामकिशोर यादवलाई प्रहरीले पक्राउ गरेको छ । त्यस वडाको अरङका पाँच दलित परिवारको घर भत्काएको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

सो घटनामा वडाध्यक्ष यादवको पनि संलग्नता रहेको भन्दै पीडितले उनीसहित १३ जनाविरुद्ध आपराधिक उपद्रवअन्तर्गत जाहेरी दिएका थिए । जाहेरी परेपछि प्रहरीले वडाध्यक्ष यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको सिराहाका प्रहरी उपरीक्षक (एसपी) अनन्तराम शर्माले जानकारी दिए ।

अरङको ठूलो पोखरीको उत्तरपट्टि डिलमा बसोबास गरिरहेका पाँच घर दलितहरूको घर शुक्रबार ५ बजेतिर प्रहरीकै अगाडि तोडफोड र लुटपाट भएको थियो । घर तोडफोड र लुटपाट हुनेमा विन्दे पासवान, अशोक पासवान, राजकुमार पासवान, शोभित पासवान र रासलाल पासवान छन् ।

असोज १ गतेको विश्वकर्मा पूजामा अरङ बजारको आर्केस्ट्रा स्थलमा दलित समुदायसँग विवाद हुँदा त्यस घटनाविरुद्ध दलित समुदायले प्रहरीमा उजुरी दिएपछि उनीहरूले घर तोडफोड गरेको बताइएको छ ।

Previous Post

साँगाको पहिरो पन्छाएपछि खुल्यो अरनिको राजमार्ग

Next Post

प्रचण्ड भन्छन् – ‘माओवादी केन्द्र सक्रियताका साथ निर्वाचनमा सहभागी हुन्छ’

चराचर खबर

चराचर खबर

Next Post
प्रचण्ड भन्छन् – ‘माओवादी केन्द्र सक्रियताका साथ निर्वाचनमा सहभागी हुन्छ’

प्रचण्ड भन्छन् – ‘माओवादी केन्द्र सक्रियताका साथ निर्वाचनमा सहभागी हुन्छ’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l