Friday, August 7, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

३२ जलविद्युत आयोजनामा बाढी-पहिरोले क्षति, १८० मेगावाट उत्पादन ठप्प

चराचर खबर by चराचर खबर
October 6, 2025
in समाचार
0
३२ जलविद्युत आयोजनामा बाढी-पहिरोले क्षति, १८० मेगावाट उत्पादन ठप्प
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

२० असोज, काठमाडौं । शुक्रबार र शनिबारको अविरल वर्षापछि देशभरका सञ्चालित तथा निर्माणाधीन गरी ३२ जलविद्युत आयोजनामा बाढी–पहिरोले क्षति पुर्‍याएको छ। निजी ऊर्जा उत्पादकहरूको संस्था इपानका अनुसार सोमबार दिउँसोसम्मको प्रारम्भिक विवरणअनुसार तीन प्रदेशका १० जिल्लामा यस्ता आयोजना प्रभावित भएका हुन्।

यीमध्ये १७ वटा सञ्चालनमा रहेका आयोजनाबाट उत्पादन हुने १८० मेगावाट र १५ वटा निर्माणाधीन आयोजनाबाट प्रस्तावित ३३८ मेगावाट विद्युत उत्पादन प्रभावित भएको इपानले जनाएको छ।

बाढी–पहिरोका कारण सबैभन्दा बढी क्षति कोशी प्रदेशको इलाम जिल्लामा देखिएको छ, जहाँ १५ वटा जलविद्युत आयोजना बन्द भएका छन्। माईखोला, सानिमा माई, सुपरमाई, जोगमाई लगायतका आयोजना उत्पादन बन्द अवस्थामा छन्। यी आयोजनाहरूबाट उत्पादन हुँदै आएको विद्युत पूर्ण रूपमा अवरुद्ध भएको छ।

निर्माणाधीन जलविद्युत आयोजनाहरूमा भने सबैभन्दा धेरै क्षति पहुँचमार्गमा देखिएको छ। मनाङस्थित ४९.९५ मेगावाटको दाना खोला आयोजनाको १२ किलोमिटर सडकमा पहिरो गएको छ। साथै, सिन्धुपाल्चोकका ब्रम्हायणी, बलेफी र तल्लो बलेफी आयोजनाको सडकहरू पनि बगाएका छन्।

पाँचथर जिल्लामा निर्माणाधीन सभाखोला बी र हेवाखोला आयोजनाको सामग्री तथा उपकरण बाढीले बगाएको छ भने इलामको सिद्धीखोला आयोजना, जुन छिट्टै उत्पादनमा जानुपर्ने थियो, निर्माण मिति पछि सरेको छ।

इपानका अध्यक्ष गणेश कार्कीका अनुसार यस वर्ष बाढीको पूर्वसूचना प्रणालीको प्रभावकारिता बढे पनि केही आयोजनामा भौतिक संरचनामा क्षति भएको छ। पहुँचमार्गहरू अवरुद्ध भएका कारण क्षतिको विस्तृत विवरण संकलन गर्न केही समय लाग्ने बताइएको छ।

हाल लिखु ४ बाहेक सबै प्रभावित आयोजना बन्द अवस्थामा छन्। लिखु ४ को उत्पादन भने केही समयका लागि मात्र रोकिएको थियो।

Previous Post

प्रचण्ड भन्छन् – ‘माओवादी केन्द्र सक्रियताका साथ निर्वाचनमा सहभागी हुन्छ’

Next Post

आजदेखि कात्तिक स्नान, आकाशदीप दान र तुलसीको विशेष पूजा आराधना प्रारम्भ

चराचर खबर

चराचर खबर

Next Post
आजदेखि कात्तिक स्नान, आकाशदीप दान र तुलसीको विशेष पूजा आराधना प्रारम्भ

आजदेखि कात्तिक स्नान, आकाशदीप दान र तुलसीको विशेष पूजा आराधना प्रारम्भ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l