चुनावी गठबन्धनका लागि नेपाली कांग्रेस र एमाले नेपाली कम्युनिस्ट पार्टीसँग मिलेर जाने, शीर्ष ३ नेता जुटे छलफलमा
नेपाली कांग्रेस र नेकपा एमाले दुवै दलले नेपाली कम्युनिस्ट पार्टीसँग राष्ट्रियसभाको निर्वाचनमा चुनावी गठबन्धन गर्नको लागि लगातार छलफलमा छन् । एक्लै जाँदा अपेक्षित परिणाम नआउने भएकाले कुनै न कुनै दलसँग मिल्नुपर्ने नेकपाको निष्कर्ष अनुसार शीर्ष दलहरु छलफलमा जुटेका हुन् । नेपाली कम्युनिस्ट पार्टीका नेता जगन्नाथ खतिवडाले राष्ट्रियसभाको निर्वाचनलाई केन्द्रित गरेर दुवै दलसँग छलफल भइरहेको बताए। उनले एमालेसँग भन्दा पनि विगतमा गरेको सहकार्यको आधारमा कांग्रेससँग गठबन्धन हुनसक्ने सम्भावना बढी रहेको बताए।

