म नेता अनि मेरो छोराछोरी पनि नेता,
मेरो भान्जाभान्जी नेता,
अनि मेरो भाइको ससुरा पनि नेता,
मेरो पीए पनि नेता,
मेरो छिमेकी पनि नेता,
मेरो ठेकेदार पनि नेता,
मेरो स्कुल पढ्ने साथी पनि नेता !
नेता नै नेता!
तिमी साथी, अहिले कता ?
म साथी, खाडीमा बेल्चा हाल्दै छु उतै!