- दुर्गा प्रसाईं नेतृत्वको टोली र सरकारबीच सिंहदरबारमा औपचारिक भेटवार्ता भएको छ। प्रधानमन्त्री सुशीला कार्कीसँग भएको छलफलमा आन्दोलनकारीले अघि सारेका प्रमुख माग र तिनको समाधानका उपायबारे गहिरो संवाद भएको हो। वार्तामा प्रधानमन्त्री कार्कीसँगै गृहमन्त्री ओमप्रकाश अर्याल र सञ्चारमन्त्री जगदीश खरेल पनि सहभागी थिए ।
आन्दोलनकारीले मंसिर ६ गतेदेखि सुरु भएको अभियानले उठाउँदै आएका विषयहरू तत्काल कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। आर्थिक संकट, बैंक तथा वित्तीय संस्थासँग जोडिएका समस्याहरू, साथै सर्वसाधारणले भोगिरहेका दैनिकीका चुनौतीहरू छलफलको केन्द्रमा रहेको जनाइएको छ।

