दर्ज्यानी चिन्हद्वारा सु–शोभन कार्यक्रम सम्पन्न
पर्सा, २०८२ माघ ०९
नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा, नक्साल काठमाडौँको मिति २०८२।१०।०२ र ०४ गतेको पत्रादेश अनुसार बढुवा भएका प्रहरी कर्मचारीहरूको दर्ज्यानी चिन्हद्वारा सु–शोभन कार्यक्रम आज पर्सामा सम्पन्न भएको छ।
पत्रादेश बमोजिम प्रहरी सहायक हवल्दार पदबाट प्रहरी हवल्दार पदमा तथा प्रहरी हवल्दार पदबाट प्रहरी वरिष्ठ हवल्दार पदमा पदोन्नति प्राप्त गरेका प्रहरी कर्मचारीहरूलाई यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकज्यूले दर्ज्यानी चिन्ह लगाई औपचारिक रूपमा सु–शोभन गर्नुभएको हो।
कार्यक्रममा प्रहरी उपरीक्षक पाठकज्यूले पदोन्नतिसँगै जिम्मेवारी थपिने उल्लेख गर्दै उच्च व्यावसायिकता, अनुशासन र इमान्दारिताका साथ आफ्नो पदीय दायित्व निर्वाह गर्न निर्देशन दिनुभयो। साथै संगठनप्रतिको निष्ठा र जनसेवामा समर्पित भई कार्य गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
दर्ज्यानी चिन्हद्वारा सु–शोभन कार्यक्रममा प्रहरी नायव उपरीक्षक, जुनियर प्रहरी अधिकृतहरू तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो।

