“जनताको घरदैलोमै समाधान खोज्ने राजनीति चाहिन्छ” – जावेद एकबाल हैदर
पिपुल फर्स्ट पार्टीका तर्फबाट पर्सा क्षेत्र नम्बर–१ का उम्मेदवार जावेद एकबाल हैदरले चुनावी घरदैलो अभियानलाई थप सशक्त बनाउँदै लैजानुभएको छ। आज उहाँले वडा नम्बर २१ परवानीपुर र वडा नम्बर १५ लक्ष्मणवामा पुगेर स्थानीय जनतासँग प्रत्यक्ष संवाद गर्नुभयो।
घरदैलो कार्यक्रममा आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूसँग भेटघाट गर्दै हैदरले जनताको वास्तविक समस्या सुन्ने र समाधानका लागि ठोस पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँले भन्नुभयो, “हाम्रो राजनीति केवल मञ्चमा उभिएर भाषण गर्ने होइन, जनताको बीचमा पुगेर उनीहरूको दुःख–सुख बुझ्ने सेवामुखी हुनुपर्छ।”
स्थानीयबासीहरूले सडक, शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता विषयमा आफ्ना धारणा राख्दै क्षेत्रको विकासका लागि आवश्यक सुझावहरू दिएका थिए। उम्मेदवार हैदरले ती सुझावलाई प्राथमिकताका साथ अघि बढाउने आश्वासन दिनुभयो।
यस प्रकारको प्रत्यक्ष संवादात्मक अभियानले जनतामा नयाँ आशा र भरोसा जगाएको छ।

