हिन्दू राष्ट्र एजेन्डासहित बारा–४ मा विनयकुमार यादवको घरदैलो तीव्र
बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय एकता दलका उम्मेदवार विनयकुमार यादव घरदैलो अभियानमार्फत मतदाताको मन जित्न सक्रिय देखिएका छन्।
हिन्दू राष्ट्रको एजेन्डा अगाडि सार्दै उनी टोल–टोलमा पुगेर स्थानीयसँग प्रत्यक्ष संवाद गरिरहेका छन्। घरदैलोका क्रममा उनले धार्मिक पहिचान, सांस्कृतिक संरक्षण र क्षेत्रीय विकासका विषयलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
स्थानीय बासिन्दासँग भेटघाट गर्दै यादवले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार र रोजगारीका विषयमा आफ्ना योजना सार्वजनिक गरेका छन्। अभियानका क्रममा विभिन्न स्थानमा मतदाताले उनलाई स्वागत गर्दै समर्थन जनाइरहेका छन्।
बारा–४ मा चुनावी माहोल तातिँदै जाँदा राष्ट्रिय एकता दलको सक्रियता पनि बढ्दो देखिएको छ।

