Monday, August 3, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

निर्वाचन प्रहरीलाई सम्मान तथा प्रमाणपत्र वितरण

चराचर खबर by चराचर खबर
March 12, 2026
in राजनीति, समाचार, समाज, सम–सामयिक, सरोकार, सूचना/प्रविधि
0
निर्वाचन प्रहरीलाई सम्मान तथा प्रमाणपत्र वितरण
6
SHARES
54
VIEWS
Share on FacebookShare on Twitter

निर्वाचन प्रहरीलाई सम्मान तथा प्रमाणपत्र वितरण

वीरगञ्ज — प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका निर्वाचन प्रहरीहरूलाई सम्मान गरिएको छ। पर्सा जिल्लामा निर्वाचन अवधिभर खटिएर सुरक्षा व्यवस्थापनमा योगदान पुर्‍याएका प्रहरीहरूलाई प्रमाणपत्र प्रदान गर्दै बिदाइ गरिएको हो।

कार्यक्रममा पर्साका प्रहरी प्रमुख एसपी सुदीपराज पाठकले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउन निर्वाचन प्रहरीले जिम्मेवारीपूर्वक काम गरेको भन्दै उनीहरूप्रति उच्च सम्मान व्यक्त गरे। उनले निर्वाचन जस्तो संवेदनशील कार्यलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन प्रहरीको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै सबैलाई धन्यवाद दिएका थिए।

करिब ४० दिनसम्म जिल्लाका विभिन्न स्थानमा खटिएका निर्वाचन प्रहरीहरूले मतदान केन्द्रको सुरक्षा, मतपेटिका ढुवानी, मतगणना स्थलको सुरक्षा लगायतका जिम्मेवारी सम्हालेका थिए। कार्यक्रममा उनीहरूको योगदानको कदर गर्दै प्रमाणपत्र प्रदान गरिएको थियो।

Previous Post

वीरगञ्जमा नेशनल मेडिकल कलेजको अभिमुखीकरण कार्यक्रम सम्पन्न

Next Post

कुमार पौडेल हत्या प्रकरणमा बादल र सवेन्द्र खनालविरुद्ध अनुसन्धान गर्न सर्वोच्चको आदेश

चराचर खबर

चराचर खबर

Next Post
कुमार पौडेल हत्या प्रकरणमा बादल र सवेन्द्र खनालविरुद्ध अनुसन्धान गर्न सर्वोच्चको आदेश

कुमार पौडेल हत्या प्रकरणमा बादल र सवेन्द्र खनालविरुद्ध अनुसन्धान गर्न सर्वोच्चको आदेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l