Wednesday, July 29, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

चिकित्सकीय लापरबाहीपछि बिरामीको मृत्यु : डा. मनोजकुमार गुप्तामाथि ६ महिनाको कारबाही

चराचर खबर by चराचर खबर
March 17, 2026
in खेलकुद, मनोरञ्जन, राजनीति, विचार, समाचार, समाज, सम–सामयिक
0
चिकित्सकीय लापरबाहीपछि बिरामीको मृत्यु : डा. मनोजकुमार गुप्तामाथि ६ महिनाको कारबाही
4
SHARES
37
VIEWS
Share on FacebookShare on Twitter

चिकित्सकीय लापरबाहीपछि बिरामीको मृत्यु : डा. मनोजकुमार गुप्तामाथि ६ महिनाको कारबाही

चैत्र ०३, बिरगंज

वीरगञ्जस्थित प्रभु हस्पिटल एन्ड रिसर्च सेन्टरमा उपचारका क्रममा भएको गम्भीर चिकित्सकीय त्रुटिका कारण एक बिरामीको मृत्यु भएपछि नेपाल मेडिकल काउन्सिलले अस्पतालका संस्थापक चिकित्सक डा. मनोजकुमार गुप्तामाथि अनुशासनात्मक कारबाही गरेको छ।

काउन्सिलले डा. गुप्तालाई आगामी ६ महिनासम्म वरिष्ठ विशेषज्ञ चिकित्सकको प्रत्यक्ष निगरानीमा मात्र सेवा दिन पाउने गरी तह घटुवा गर्ने निर्णय गरेको हो। फागुन ११ र १२ गते बसेको काउन्सिलको बैठकले घटनासम्बन्धी विवरण, चिकित्सकहरूको बयान र विज्ञहरूको राय अध्ययनपछि यस्तो निर्णय गरेको जनाएको छ।

बारा जिल्लाका ३७ वर्षीय सुरेश साह कानु पित्तथैलीसम्बन्धी समस्या लिएर प्रभु हस्पिटल पुगेका थिए। तर आवश्यक परीक्षण नगरी शल्यक्रिया गरिएको प्रारम्भिक निष्कर्ष काउन्सिलले निकालेको छ। शल्यक्रियापछि स्वास्थ्य अवस्था बिग्रँदै गएपछि अन्य अस्पतालमा लगिँदा क्यान्सर फैलिएको तथ्य खुलेको थियो।

लगातार जटिलता बढ्दै गएपछि उनको २०८१ साउन ३२ गते मृत्यु भएको थियो। त्यसपछि परिवारले पुस २८ गते मेडिकल काउन्सिलमा उजुरी दिएका थिए।

अनुसन्धानपछि चिकित्सकीय लापरबाही ठहर गर्दै काउन्सिलले कारबाही गरेको हो। यस घटनाले स्वास्थ्य सेवाको गुणस्तर र अनुगमनप्रति गम्भीर प्रश्न उठाएको छ।

Previous Post

मदरसा र यतीमखानाका बालबालिकालाई नेशनल मेडिकल कलेजद्वारा कपडा वितरण

Next Post

रास्वपाको नयाँ अभ्यास : केहीलाई औडाह, केहीलाई आशा

चराचर खबर

चराचर खबर

Next Post
रास्वपाको नयाँ अभ्यास : केहीलाई औडाह, केहीलाई आशा

रास्वपाको नयाँ अभ्यास : केहीलाई औडाह, केहीलाई आशा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l