दीप नारायण विद्यालयमा निःशुल्क आँखा शिविर, ५ सयभन्दा बढी लाभान्वित
अभिलाष गुप्ता
वीरगञ्ज, २९ वैशाख
नेपाल नेत्रज्योति संघ पर्साले वीरगञ्जस्थित श्री दीपनारायण आदर्श नमूना माध्यमिक विद्यालयमा निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरेको छ। शिविरमा विद्यार्थी तथा शिक्षक गरी ५१५ जनाको आँखा परीक्षण गरिएको आयोजकले जनाएको छ।
परीक्षणका क्रममा आवश्यक परेका व्यक्तिहरूलाई निःशुल्क चश्मा र औषधिसमेत वितरण गरिएको थियो। कार्यक्रमको उद्घाटन संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष श्यामकुमार पोखरेलले गरेका थिए भने सभापतित्व पर्सा सभापति भगवती चौधरीले गरेका थिए।
विद्यालय व्यवस्थापन पक्षले यस्ता स्वास्थ्य शिविरले विद्यार्थीमा स्वास्थ्य सचेतना बढाउनुका साथै उपचारमा सहज पहुँच पुर्याउने विश्वास व्यक्त गरेको छ।

