वीरगञ्जको क्यासिनोबाट ८ जना नियन्त्रणमा
नेपालीलाई क्यासिनोमा प्रवेश गराई जुवा खेलाएको आरोपमा ८ जना प्रहरी नियन्त्रणमा।
🎲 जुवा खेल्ने:
१. जसवन्त यादव (३६) — सखुवाप्रसौनी गा.पा.–६, पर्सा
२. चन्दन सहनी (३०) — सखुवाप्रसौनी गा.पा.–६, पर्सा
३. ओम प्रकाश बैठा (३९) — वीरगञ्ज म.न.पा.–११, पर्सा
४. प्रदिप पौडेल (३६) — हरिनास गा.पा.–७, स्याङ्जा
🎰 नेपालीलाई प्रवेश गराउने/जुवा खेलाउने कर्मचारी
५. विजय कुमार पटेल (२८) — वीरगञ्ज म.न.पा.–१४, पर्सा
६. दिनेश कुमार पटेल (३१) — वीरगञ्ज म.न.पा.–२५, पर्सा
७. जयदेव साह (४९) — पिपरा गा.पा.–५, महोत्तरी
८. प्रदेशी साह (५०) — वीरगञ्ज म.न.पा.–१२, पर्सा
सबैलाई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याई थप अनुसन्धान भइरहेको डीएसपी तथा प्रहरी प्रवक्ता चक्रबहादुर मल्लले जानकारी दिनुभयो
