पीडितमाथि दुर्व्यवहार गर्नेलाई बालेनको कडा चेतावनी : ‘सरकार निर्मम हुनेछ’
प्रधानमन्त्री बालेन शाहले आफन्त गुमाएका तथा विपद्को पीडामा रहेका नागरिकमाथि अनावश्यक टिप्पणी, हियाउने र थप पीडा दिनेहरूमाथि कडा कारबाही गर्ने चेतावनी दिएका छन्।
प्रधानमन्त्री शाहले आफन्त हराएर अथाह पीडामा रहेका नागरिकहरूको आक्रोशलाई स्वाभाविक भन्दै त्यसलाई संयमतापूर्वक सुन्नुपर्ने बताएका छन्। उनका अनुसार, एकै क्षणमा आफ्नो संसार गुमाएकाहरूको आक्रोशभन्दा पनि त्यो गहिरो पीडा व्यक्त गर्ने माध्यम हो।
उनले संवेदनशील घडीमा पीडितमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने वा थप पीडा दिन खोज्नेहरूलाई **‘अपराधी’**को संज्ञा दिँदै त्यस्ता व्यक्तिप्रति सरकार निर्मम रूपमा प्रस्तुत हुने स्पष्ट चेतावनी दिएका छन्।
प्रधानमन्त्री शाहको सन्देश : पीडितको आक्रोश बुझौँ, घाउमा नुन नछर्कौँ।

