Saturday, September 12, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

 भारतीय कुखुराको अवैध आयात रोक्न माग गर्दै रौतहटका किसान आमरण अनशनमा

चराचर खबर by चराचर खबर
September 4, 2026
in अर्थ
0
 भारतीय कुखुराको अवैध आयात रोक्न माग गर्दै रौतहटका किसान आमरण अनशनमा
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

भारतीय कुखुराको अवैध आयात रोक्न माग गर्दै रौतहटका किसान आमरण अनशनमा

रौतहट। भारतबाट अवैध रूपमा कुखुरा तथा चल्ला नेपाल भित्रिने क्रम नरोकिएको भन्दै स्थानीय किसानको लगानी र व्यवसाय संकटमा परेको छ। यही समस्याको समाधान माग गर्दै जिल्ला कुखुरा व्यवसायी किसान संघ रौतहटका सचिव राधेश्याम साह आमरण अनशनमा बसेका छन्।

शुक्रबारदेखि जिल्ला प्रशासन कार्यालयअगाडि अनशन सुरु गरेका साहले भारतीय कुखुरा तथा चल्लाको अवैध आयात तत्काल नियन्त्रण गर्नुपर्ने माग गरेका छन्। स्थानीय प्रशासन र सुरक्षा निकायलाई पटक–पटक जानकारी गराउँदा पनि प्रभावकारी कदम नचालिएको उनको गुनासो छ।

किसानहरूको भनाइअनुसार खुला सीमाको फाइदा उठाउँदै भारतबाट ठूलो परिमाणमा सस्तो कुखुरा तथा चल्ला नेपाल भित्रिने गरेको छ। यसले नेपाली किसानले उत्पादन गरेको कुखुराले उचित बजार र मूल्य नपाउने अवस्था सिर्जना भएको छ।

उत्पादन लागत बढ्दै गए पनि किसानले उचित मूल्य नपाउने र उपभोक्ताले भने महँगो मूल्यमा मासु किन्नुपर्ने अवस्थाले बजारको मूल्य निर्धारण प्रणालीमाथि समेत प्रश्न उठेको छ।

किसान संघले अवैध आयात पूर्ण रूपमा रोक्न, तस्करीमा संलग्नमाथि कानुनी कारबाही गर्न तथा कुखुराको मूल्य निर्धारण प्रणाली पारदर्शी बनाउन माग गरेको छ।

सम्बन्धित निकायले मागप्रति गम्भीर चासो नदेखाएसम्म आफ्नो आमरण अनशन जारी रहने राधेश्याम साहले बताएका छन्। किसानको आन्दोलनले स्थानीय उत्पादन संरक्षण, सीमा क्षेत्रमा हुने अवैध व्यापार नियन्त्रण र बजार व्यवस्थापनको विषयलाई पुनः चर्चामा ल्याएको छ।

Previous Post

बालेनले देश बनाउन सक्छन्, २ करोड ९० लाख जनताको साथ छ : रमेश खरेल

Next Post

पीडितमाथि दुर्व्यवहार गर्नेलाई बालेनको कडा चेतावनी : ‘सरकार निर्मम हुनेछ’

चराचर खबर

चराचर खबर

Next Post
पीडितमाथि दुर्व्यवहार गर्नेलाई बालेनको कडा चेतावनी : ‘सरकार निर्मम हुनेछ’

पीडितमाथि दुर्व्यवहार गर्नेलाई बालेनको कडा चेतावनी : ‘सरकार निर्मम हुनेछ’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l