सामाजिक सञ्जालमार्फत चरित्रहत्या र शान्ति भड्काउने सामग्री पोस्ट गरेको आरोपमा ‘मनोज मानव’ पक्राउ
सिरहा, लहान । लहान नगरपालिका–२४ का मनोज मानव भनिने मनोज कुमार महतो सामाजिक सञ्जालमार्फत व्यक्तिको चरित्रहत्या गर्ने तथा सामाजिक सद्भाव र शान्तिमा खलल पुर्याउने किसिमका सामग्री पोस्ट गरेको आरोपमा पक्राउ परेका छन्।
प्रहरीका अनुसार साइबर अपराध तथा सार्वजनिक शान्ति खललसम्बन्धी कसुरमा जाहेरी परेपछि अदालतबाट जारी पक्राउ पुर्जीका आधारमा खोजतलास गर्ने क्रममा महतोलाई २०८३ असोज ४ गते उदयपुरको चतरा पुलपारिको एक होटलबाट नियन्त्रणमा लिइएको हो।
प्रहरीले उनीमाथि थप अनुसन्धान तथा कानुनी कारबाही अघि बढाइएको जनाएको छ। साथै, आफूसँग स्वचालित हतियार रहेको भन्दै धम्की दिएको र केही व्यक्तिबाट आपराधिक लाभ लिएको सूचनासमेत प्राप्त भएको प्रहरीको भनाइ छ।
यस विषयमा पीडित वा थप जानकारी भएका व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय सिरहामा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।

