वीरगञ्ज–१५ को वडाध्यक्षमा युवा नेता शिवशंकर यादवको उम्मेदवारी घोषणा
वीरगञ्ज । युवा नेता शिवशंकर यादवले स्थानीय निर्वाचन २०८३ का लागि वीरगञ्ज महानगरपालिका–१५ को वडाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।
युवा, जुझारु तथा कर्मठ उम्मेदवारका रूपमा प्रस्तुत भएका यादवले वडा नम्बर १५ को विकास, स्थानीय समस्या समाधान तथा जनताको आवश्यकतालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन्।
यादवले सार्वजनिक गरेको घोषणापत्रमा ‘हेल्लो वडा’ सञ्चालन गरी नागरिकका समस्या तथा गुनासा सम्बोधन गर्ने र वडाका विभिन्न चोकमा निःशुल्क वाईफाई सेवा उपलब्ध गराउने योजना अघि सारेका छन्।
उनले वडा नम्बर १५ लाई प्रविधिमैत्री, व्यवस्थित र जनउत्तरदायी वडा बनाउने योजनासहित मतदातामाझ जाने बताएका छन्।

