Tuesday, October 20, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

नरैनापुरमै अब आन्तरिक राजस्व सेवा, नेपालगञ्ज धाउनुपर्ने बाध्यता हट्यो

चराचर खबर by चराचर खबर
September 23, 2026
in समाचार
0
नरैनापुरमै अब आन्तरिक राजस्व सेवा, नेपालगञ्ज धाउनुपर्ने बाध्यता हट्यो
2
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

नरैनापुरमै अब आन्तरिक राजस्व सेवा, नेपालगञ्ज धाउनुपर्ने बाध्यता हट्यो

बाँके । नरैनापुर गाउँपालिकाबाटै आन्तरिक राजस्वसम्बन्धी सेवा सुरु भएको छ। आन्तरिक राजस्व कार्यालय नेपालगञ्जले प्रदान गर्दै आएको सेवा बुधबारदेखि गाउँपालिकाको आन्तरिक राजस्व शाखामार्फत सञ्चालनमा आएको हो।

सेवाको पहिलो दिन स्थायी लेखा नम्बर (पान) जारी गर्दै औपचारिक रूपमा सेवा प्रारम्भ गरिएको हो। यसअघि पानलगायत राजस्वसम्बन्धी सेवा लिन नेपालगञ्ज पुग्नुपर्ने बाध्यता रहेकोमा अब नरैनापुरमै सेवा उपलब्ध हुने भएको छ।

स्थानीय तहबाटै सेवा सुरु भएपछि समय र खर्च बचत हुनुका साथै करदाता, व्यवसायी, सङ्घसंस्था तथा सर्वसाधारणलाई सहज हुने अपेक्षा गरिएको छ।

गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले स्थानीय तहमै आन्तरिक राजस्व सेवा उपलब्ध हुनु नागरिकका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो। आन्तरिक राजस्व कार्यालय नेपालगञ्जका प्रमुख कर अधिकृत पूर्णप्रसाद न्यौपानेले सेवाग्राहीलाई नजिकबाट सेवा दिने उद्देश्यले सेवा विस्तार गरिएको जानकारी दिनुभयो।

सरकारले २०८२ कात्तिक १७ गते गरेको निर्णयअनुसार करदाता सेवा कार्यालयबाट हुँदै आएका कार्य स्थानीय तहमार्फत सञ्चालन गर्ने व्यवस्था कार्यान्वयन गर्दै नरैनापुरमा सेवा सुरु गरिएको हो।

Previous Post

वीरगञ्ज–१५ को वडाध्यक्षमा युवा नेता शिवशंकर यादवको उम्मेदवारी घोषणा

Next Post

दसैँअघि नै शिक्षा नियमावलीको एघारौँ संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन

चराचर खबर

चराचर खबर

Next Post
दसैँअघि नै शिक्षा नियमावलीको एघारौँ संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन

दसैँअघि नै शिक्षा नियमावलीको एघारौँ संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l