Friday, October 30, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

३१ वर्षीय इनम सापकोटाको पहुँचमाथि प्रश्न : न्यायालयदेखि राजनीतिक शक्तिकेन्द्रसम्म सम्पर्क रहेको दाबी

चराचर खबर by चराचर खबर
October 30, 2026
in समाचार
0
३१ वर्षीय इनम सापकोटाको पहुँचमाथि प्रश्न : न्यायालयदेखि राजनीतिक शक्तिकेन्द्रसम्म सम्पर्क रहेको दाबी
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

३१ वर्षीय इनम सापकोटाको पहुँचमाथि प्रश्न : न्यायालयदेखि राजनीतिक शक्तिकेन्द्रसम्म सम्पर्क रहेको दाबी

काठमाडौं । ३१ वर्षीय इनम सापकोटाको कथित प्रभाव र सम्पर्क सञ्जाललाई लिएर राजनीतिक तथा न्यायिक वृत्तमा प्रश्न उठेको छ। तीन पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवदेखि न्यायालयका उच्च पदस्थ व्यक्तिहरूसँग उनको सम्बन्ध रहेको दाबी सार्वजनिक भएपछि प्रकरण थप चर्चामा आएको छ।

सापकोटाले राजनीतिक नेतृत्व, सुरक्षा निकाय तथा विदेशी कूटनीतिक नियोगको नाम प्रयोग गरी न्यायिक प्रक्रियामा प्रभाव पार्न खोजेको आरोपसमेत लागेको छ। विशेषगरी हिमालयन रि–इन्स्योरेन्ससम्बन्धी मुद्दामा न्यायाधीशहरूमाथि दबाब सिर्जना गरेको दाबी सार्वजनिक भएको छ।

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओलीका तत्कालीन स्वकीय सचिवहरूसँग उनको कथित सम्पर्कबारे पनि प्रश्न उठेको छ।

यसैबीच, विमानस्थलबाट पक्राउ परेको भनिएका सापकोटामाथि सम्पत्ति शुद्धीकरण र नेपाल राष्ट्र बैंक ऐनसँग सम्बन्धित विषयमा अनुसन्धान भइरहेको दाबी गरिएको छ। विवादास्पद व्यापारी दीपक भट्टसँगको कथित सम्बन्धले पनि यो प्रकरणलाई थप चासोको विषय बनाएको छ।

Previous Post

प्रहरी संगठनभित्रै एकताको बहस चर्कियो, प्रधानमन्त्रीलाई सामूहिक भेट्ने प्रस्तावसमेत

Next Post

माओलाई ‘तानाशाह’ भनेपछि विवादमा एमबाप्पे, फ्रान्सेली फुटबल महासंघ प्रमुखले गरे बचाउ

चराचर खबर

चराचर खबर

Next Post
माओलाई ‘तानाशाह’ भनेपछि विवादमा एमबाप्पे, फ्रान्सेली फुटबल महासंघ प्रमुखले गरे बचाउ

माओलाई ‘तानाशाह’ भनेपछि विवादमा एमबाप्पे, फ्रान्सेली फुटबल महासंघ प्रमुखले गरे बचाउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l