Friday, July 31, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

कैलाली कारागार अझै पनि कैदीबन्दीकै नियन्त्रणमा, सुरक्षाकर्मी भित्र पस्न सकेनन्

चराचर खबर by चराचर खबर
August 10, 2025
in समाचार
0
कैलाली कारागार अझै पनि कैदीबन्दीकै नियन्त्रणमा, सुरक्षाकर्मी भित्र पस्न सकेनन्
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डाै – शुक्रवार मध्यराति कैदीबन्दीबीच झडप हुँदा तनावग्रस्त बनेको कैलालीको कारागार अझै पनि कैदीबन्दीको नियन्त्रणमै रहेको छ ।

झडप भएको केही समयमा सुरक्षाकर्मीले बल प्रयोग गरेर मृतकको शव र घाइतेहरूको उद्धार गरेको भए पनि हिजो बिहानैदेखि कैदीबन्दीले भित्रबाट ताला लगाएर सुरक्षाकर्मीलाई भित्र जान नदिएका हुन् । अहिले भित्रको अवस्था सामान्य रहेको भए पनि उनीहरूले सुरक्षाकर्मी र कारागार प्रशासनलाई भित्र जान दिएका छैनन् ।

मानव अधिकार आयोग सुदूरपश्चिम प्रादेशिक कार्यालयको टोलीसँग कैदीबन्दीहरूले कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल र प्रमुख प्रहरी उपरीक्षक बालनरसिंह राणाबाहेकका माथिल्लो तहका प्रतिनिधि आएपछि मात्र भित्र आउन दिने बताएका छन् । उनीहरूले कारागारको अवस्थाबारे यसअघि जानकारी गराए पनि स्थानीय प्रशासनले बेवास्ता गरेको बताएका छन् ।

साउन १४ गते कारागारमा रहेका ५ सय ९० जना कैदीबन्दीले मानव अधिकार आयोगलाई ध्यानाकर्षण पत्र पठाउँदै कारागारभित्र आफूहरू असुरक्षित रहेको भन्दै सुरक्षा माग गरेका थिए । आयोगले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, कारागार विभागलगायतलाई पत्राचार गरेर उचित सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिए पनि प्रशासनले बेवास्ता गर्दा शुक्रवार राति जघन्य घटना भएको हो ।

झडपमा एक जनाको ज्यान जानुका साथै ४७ जना घाइते भएका थिए । उनीहरूमध्ये दुई जनाको आईसीयूमा उपचार भइरहेकोमा एक जनालाई थप उपचारका लागि काठमाण्डौ पठाइसकेको र अर्का एक जनालाई पनि पठाउने तयारी रहेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

Previous Post

‘ग्रे लिस्ट’ बाट निस्कन सरकारले सहकारीबाट काम थाल्यो

Next Post

पशुपतिमा जलाउँदै गरेको शवको हड्डी पाँच सय रुपैयाँमा बेचियो

चराचर खबर

चराचर खबर

Next Post
पशुपतिमा जलाउँदै गरेको शवको हड्डी पाँच सय रुपैयाँमा बेचियो

पशुपतिमा जलाउँदै गरेको शवको हड्डी पाँच सय रुपैयाँमा बेचियो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l