Friday, July 31, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

पशुपतिमा जलाउँदै गरेको शवको हड्डी पाँच सय रुपैयाँमा बेचियो

चराचर खबर by चराचर खबर
August 10, 2025
in समाचार
0
पशुपतिमा जलाउँदै गरेको शवको हड्डी पाँच सय रुपैयाँमा बेचियो
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

पशुपति आर्यघाटमा काम गर्ने घाटे गणेश ढकालले आफूलाई मधेस मुलका देखिने एक व्यक्तिले चार सय रुपैयाँ दिएर जलाउँदै गरेको शवको सानो टुक्रा हड्डी मागेको बयान दिएका हुन्।

उनले त्यही काम गर्ने एक जना युवकलाई त्यो हड्डी कपुरको भाँडोमा हालेर पठाएको र ती युवकलाई पनि एक सय रुपैयाँ पाएको बताए। तर ती हड्डी किन्ने व्यक्ति बारे आफूलाई जानकारी नभएको उनको बयान छ।

शुक्रबार पक्राउ परेका ढकालसँग आइतबार गौशला प्रहरी वृत्तले सोधपुछ गरेको थियो। त्यसक्रममा आफूले चार सय रुपैयाँको प्रलोभनमा परेर यस्तो काम गरेको बताएको अनुसन्धानमा संलग्न एक अधिकारीले नेपालखबरलाई जानकारी दिए।

मलाई चार सय रुपैयाँ दिएर एउटा टुक्रा हड्डी भगवानलाई चढाउन भनेर मागे। मैले कपुरको भाँडोमा हालेर सहयोगी भाइलाई दिएँ। उसले पुर्‍याइदिएपछि एक सय रुपैयाँ पायो’, ढकालले बयानमा भनेका छन्, ‘सानो हड्डी हो भगवानलाई चढाउनका लागि भनेर मागेपछि दिएको हो। यसअघि यस्तो काम गरेको थिइनँ।’

ढकाल २०५५ सालदेखि पशुपति आर्यघाटमा काम गर्दै आएका छन्। सुरुमा एउटा शव जलाएको चार सय रुपैयाँ लिने गरेकोमा अहिले १५ सय रुपैयाँ लिने गरेको उनको भनाइ छ।

शुक्रबार काभ्रेपलान्चोकको बनेपा नगरपालिका ९ का राम शाहीको शव जलाउने क्रममा आफन्तले अस्तु निकाली दिन भनेका थिए। तर ती घाटे ढकालले अस्तु दिनुपहिले नै त्यसरी हड्डी निकालेर दिएको भन्दै प्रहरीलाई खबर गरेका थिए।

प्रहरीले शुक्रबार उनलाई र ती हड्डी लगेर दिने सहयोगीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। आइतबार सार्वजनिक बिदा भएकाले सोमबार अदालतमा उपस्थित गराएर म्याद थप गर्ने प्रहरीको तयारी छ।

Previous Post

कैलाली कारागार अझै पनि कैदीबन्दीकै नियन्त्रणमा, सुरक्षाकर्मी भित्र पस्न सकेनन्

Next Post

जनकपुरमा रेल र कार ठोक्किए

चराचर खबर

चराचर खबर

Next Post
जनकपुरमा रेल र कार ठोक्किए

जनकपुरमा रेल र कार ठोक्किए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l